IPL

धवनको लगातार दोश्रो शतकमा पन्जाबलाई १६५ रनको लक्ष्य

Published

on

ओपनर शिखर धवनले लगातार दोश्रो शतक प्रहार गरेसँगै इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो १० औं खेलमा अंक तालिकाको शिर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सले किंग्स ११ पन्जाबलाई १६५ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै नोक्सानीमा १६४ रन बनायो ।

दिल्लीको तर्फबाट ओपनर शिखर धवनले अविजित रहँदै सर्वाधिक १०६ रन बनाए । ६१ बलको सामना गरेका उनले १२ चौका र तीन छक्का प्रहार गरे । उनको यो आईपीएलमा दोश्रो शतक हो । धवनले यस अघि चेन्नाई विरुद्धको खेलमा अविजित १०१ रन प्रहार गरेका थिए ।

दिल्लीका अन्य ब्याट्सम्यानहरुमा श्रेयस ऐयर र रिशब पन्त सामना १४-१४, ओपनर पृथ्वी श सात, मार्कस स्टोइनिश नौं रन तथा शिम्रोन हेटमायर १० बनाएर आउट भए ।

पन्जाबका मोहम्मद शामी सर्वाधिक दुई विकेट लिए भने ग्लेन म्याक्सवेल, मुरुगन अश्विन र जेम्स निशमले पनि १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

नौं खेल खेलेको दिल्लीले सात खेलमा जित हात पारेको छ भने दुई खेलमा पराजित भएको छ । पन्जाबले भने तीन खेलमा मात्र जित दर्ता गराउँदा छ खेलमा पराजय भोगेको छ । दिल्ली १४ अंक सहित अंक तालिकाको पहिलो स्थान तथा पन्जाब छ अंकका साथ सातौं स्थानमा रहेको छ ।

समान नौं खेल खेलेका मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोर समान १२-१२ अंक भए पनि नेट रन रेटका आधारमा क्रमश तालिकाको दोश्रो र तेश्रो स्थानमा रहेका छन् । त्यसैले दिल्ली आजको खेलमा जित निकाल्दै अंक तालिकामा आफ्नो पकड जमाउन चाहन्छ ।

यस अघि भएको पहिलो लेगमा दिल्लीले पन्जाबलाई सुपर ओभरमा पराजित गर्दै दुई अंक खोस्न सफल भएको थियो । पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १५७ रन बनायो भने जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १५७ बनाउन सक्यो ।

अन्तिम दुई बलमा जितका लागि पन्जाबलाई एक रन चाहिएको अवस्थामामा दिल्लीका मार्कस स्टोइनिशले दुई बलमा लगातार दुई विकेट लिंदै खेललाई सुपर ओभरमा पुर्याएका थिए ।

दिल्लीले आजको खेलमा पनि नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई सुरुवाती ११ मा स्थान दिएको छैन । यस अघिका नौं खेलमा पनि बेञ्चमा नै बस्न बाध्य भएका सन्दिप आज पनि बेञ्चमा नै रहेका छन् । दिल्लीले आजको खेलमा तीन परिवर्तन गर्दा पनि उनलाई खेल्ने मौका नदिएको हो ।

Click to comment

Trending