Headline

च्याम्पियन्स लिगको सेमिफाइनल पुगेर युरोपलाई चकित बनाएको आयाक्समा अहिले के बाकी छ ?

Published

on

लिभरपुलसँग १८ महिनाअघि फाइनलमा खेल्ने मौका चुकाएको डच प्रथम श्रेणी क्लब आयाक्सले बुधवार राति च्याम्पियन्स लिग अन्तर्गत पहिलो खेलमा घरेलु मैदानमा योर्गन क्लोपको टोलीलाई स्वागत गर्दैछ । २०१८–१९ सिजनको सेमिफाइनलसम्म पुगेर बिश्व फुटबलमै तहल्का मच्चाएको आयाक्स अन्तिम चारमा आफ्नै मैदानमा अर्को इङ्गलिस टोली टोटेन्ह्याम हट्स्परको उत्कृष्ट पुनरागमन पछि बाहिरिएको थियो ।

युरोपलाई नै आफ्नो प्रदर्शनबाट सबैको मन जितेको आयाक्सका खेलाडीहरुलाई त्यसपछि अन्य ठूला क्लबहरुले लिदा धेरैले आश्चर्य मानेका थिएनन् । उक्त आयाक्स टोलीमा अब के बाकी छ तः

जसले छोडेर गए

२०१९–२० सिजनको शुरुवाती ट्रान्सफरमा आयाक्स छोडेर जाने दुई ठूला नाम थिए डच राष्ट्रिय टोलीका सदस्यद्वय माथिस डि लिट र फ्रेंकी डि जोँग । १९ बर्षको उमेरमै आयक्सको कप्तानी गरेका सेन्टर ब्याक डिफेन्डर डि लिटले युभेन्टसबिरुद्ध क्वार्टर–फाइनलमा बिजयी गोल गर्नुका साथै सेमिफाइनलमा पनि स्पर्सबिरुद्ध बललाई जाली चुमाएका थिए ।

अघिल्लो सिजनको शुरुवातमा डि लिट ७५ मिलियन युरोका साथै अतिरिक्त १० दशमलव ५ मिलियन युरोमा युभेन्टसनै गएपछि उनी बिश्वका सबैभन्दा महँगा डिफेन्डर बनेका थिए । हाल २३ बर्षका मिडफिल्डर डि जोँग भने मिड सिजन ट्रान्सफरमा ८६ मिलियन युरोमा बार्सिलोना पुगे ।

क्यास्पर डोल्बर्गको भुमिका उक्त च्याम्पियन्स लिगमा त्यति ठूलो नभएपनि आयाक्सले फाइदा उठाउदै डेनिस स्ट्राइकरलाई फ्रेञ्च क्लब निसमा २० दशमलव ५ मिलियन युरोमा बेचेको थियो । अर्का भेटेरान डेनिस मिडफिल्डर लासी स्कोन भने इटालियन क्लब जेनोआ पुगेका थिए ।

२०१९–२० को सिजनमा समुह चरण पार गर्न नसक्दा आयक्सले अर्का महत्वपूर्ण र निकै प्रतिभावान मोरक्कन एट्याकिङ्ग मिडफिल्डर हकिम जिएचलाई ४० मिलियन युरोमा चेल्सी जान दिएको थियो । २३ बर्षिय मिडफिल्डर डोनी भान बिक आयाक्स छोड्ने सबैभन्दा अन्तिम नाम हुन् । उनी सेप्टेम्बरमा ३९ मिलियन युरोमा म्यानचेस्टर युनाइटेड गए ।

घरेलु सिजनमा दुई उपाधि जित्दै युरोपियन प्रतियोगितामा त्यति परसम्म पुगेको चार पटकको च्याम्पियन्स लिग बिजेता आयाक्सले २०१८–१९ को टोलीबाट खेलाडीहरु बेच्दै झण्डै ३ सय मिलियन युरो आम्दानी गर्न सफल भएको थियो ।

जसले नजाने निर्णय लिए

धेरैजसो आशा लाग्दा युवा खेलाडीहरुले आयाक्स छोडेर गए पनि अन्य केही क्लबमै बस्नेहरु पनि थिए । एरिक टेन ह्याग अहिले पनि प्रशिक्षक छन् भने सर्बियन अन्तर्राष्ट्रिय खेलाडी डुसान टाडिच गोल गर्ने प्रमुख खेलाडी नै रहेका छन् । सेमिफाइनलसम्म स्थान बनाउदाको च्याम्पियन्स लिग यात्रामा टाडिचले ६ गोल गरेको थिए भने गत सिजन उनले सबै प्रतियोगिता गरेर १६ गोल गरे ।

गत सिजन कोरोना भाइरसका कारण डच लिग रद्द नै गरिनु पर्दा कुनै पनि टिम च्याम्पियन बन्न सकेको थिएन । टाडिचले गत सप्ताहन्त हेरेनभिनबिरुद्ध ५–१ को फराकिलो जितमा पनि दुई गोल गरेका थिए ।

गोलकिपर आन्द्रे ओनाना, सेन्टर ब्याक ड्याली ब्लाइन्ड, अर्जेन्टिनी लेफ्ट ब्याक निकोलस ताग्लियाफिको र मोरक्कन राइट ब्याक नौसर मजरुई सबै आयाक्सका लागि प्रमुख खेलाडीको रुपमा रहदै आएका छन् । यस्तै युभेन्टसबिरुद्ध २०१९ मा गोल गरेका ब्राजिलियन विङ्गर डेभिड नेरेस अहिले पनि ह्यागको टोलीका लागि खेलिरहेका छन् ।

नयाँ अनुहारहरु

पछिल्लो १८ महिनामा खेलाडी बेचेर आम्दानी गरेको आयाक्सले केही खेलाडीहरुलाई खरिद गरेको थियो । यस क्रममा आयक्सले १५ मिलियन युरो खर्चदै डच टोलीका क्विन्सी प्रोमेसलाई सेभियाबाट ल्याउनुका साथै मेक्सिकन मिडफिल्डर एड्सन अल्भारेज र युवा ब्राजिलियन एन्टोनीलाई भित्र्याएको थियो । एन्टोनीले गत साता गोल गरेका थिए भने अर्का गोलकर्ता डेनमार्कको नोडर््जेल्याण्डबाट आएका २० बर्षिय घाना फर्वार्ड मोहम्मद कुडुस रहेका थिए ।

युवा जोशमा बिश्वास राख्ने गरेको आयाक्सले अनुभवलाई पनि स्थान दिएको छ । उसले वेर्डर ब्रेमनबाट डेभि क्लासेनलाई १४ मिलियन युरोको सम्झौतामा यसै सिजन फर्काएको छ । २०१७ मा प्रिमियर लिग क्लब एभर्टन गएपछि त्यहा असफल भएका क्लासेन व्रेमन हुदै पुरानै क्लब फर्किएका हुन् ।

Click to comment

Trending