Headline

च्याम्पियन्स लिग आजबाट शुरु हुँदैः पहिलो दिन के हुदैछ त ?

Published

on

२०२०–२०२१ च्याम्पियन्स लिग सिजन मंगलबार बाट शुरु हुँदै छ । कोरोना भाईरसका बावजुद यूएफाले बिश्वकै सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता सञ्चालन गर्न लाग्दा समर्थक र क्लबहरु निकै उत्साहित छन् ।

युएफाले क्लबहरुलाई आ–आफ्नो देशको सरकारले अनुमती दिएको खण्डमा समर्थकहरुलाई कोभिड–१९ को प्रोटोकलमा बाध्दै रँगशाला प्रवेश गराउने अनुमती पनि दिएको छ । त्यसैले यो सिजन समर्थकहरुमा उत्साह अलि बढी नै छ ।

नयाँ सिजनको पहिलो दिन नेपाली समय अनुसार राती १०ः४० मा दुई उद्घाटन खेलहरु हुनेछन् । पहिलो दुई खेलमा रसियन क्लब जेनिट सेन्ट पिटर्सबर्गले बेल्जियमको क्लब ब्रुगको सामना गर्नेछ । दोस्रोमा युक्रेनको डाइनामो किएभले इटालियन महारथी युभेन्टससँग खेल्नेछ ।

युभेन्टसका लागि स्टार खेलाडी क्रिष्चियानो रोनाल्डोले कोभिड–१९ का कारण उक्त खेल गुमाउने छन् भने प्रशिक्षक आन्द्रे पिर्लोले आफुलाई नै फुटबलमा डेब्यु गराएका प्रशिक्षक मर्सिया लुकेस्कुको समाना गर्ने छन् ।

अन्य खेलहरुमा के हुदैछ?

लिभरपुल भर्सेस आयाक्स

केही दिन अघि मात्र आफ्नो प्रमुख खेलाडी भर्जिल भान डाइकलाई गम्भिर चोटका कारण गुमाएको लिभरपुलले योहान क्रुएफ एरिनामा आयाक्सको समाना गर्दै छ ।
यस च्याम्पियन्स लिग सिजनको आफ्नो पहिलो खेलमा खेल्दै गर्दा आयाक्स भने आफ्नो घरेलु लिगमा उत्कृष्ट लयमा देखिएको छ । यता लिभरपुल भने प्रिमियर लिगमा अघिल्लो खेलमा एवर्टनसँग बराबरीमा रोकिएको थियो । तर लिभरपुल अझै पनि एस्टन भिल्लासँग बेहोरेको ७–२ को पराजयबाट बाहिर निस्किन सकेको छैन ।

युवा टोलीले भरिएको आयाक्सले लिभरपुललाई पराजित गर्न नसक्ला भन्न सकिदैन । १९६६–१९६७ पछि पहिलो पटका भिड्न लागेका यि दुई टोलीको खेल निकै रोमान्चक हुने मनिएको छ । खेल वुधबार नेपाली समय अनुसार १२ः४५ मा सुरु हुने छ ।

म्यानचेस्टर युनाइटेड भर्सेस पिएसजी

प्रिमियर लिगको अघिल्लो खेलमा न्युकासल युनाइटेडलाई ४–१ ले हराउदै आत्मविश्वासी देखिएको म्यानचेस्टर युनाइटेडले साविक उप–बिजेता पेरिस सेन्ट जर्माइन (पिएसजी) को समाना गर्दै छ ।

अन्तिम पटक २०१८–२०१९ को सिजनमा अन्तिम १६ को खेलमा भेट्दा युनाइटेडले नाटकीय ३–१ को जित निकाल्दै समग्रमा ३–३ को बराबरीपछि अवे गोलको आधारमा क्वार्टर–फाइनलमा पुगेको थियो ।

पिएसजीका लागि नेमार खेल्ने लगभग निश्चित छ । प्रशिक्षक थोमस टुचेलले लिग वानमा निम्स विरुद्धको खेलमा नेमारलाई बिश्राम दिदै च्याम्पियन्स लिगमा युनाइटेड विरुद्धको खेललाई तयार पारेको बताएका थिए । खेल नेपाली समय अनुसार १२ः४५ मा सुरु हुने छ ।

यस्तै अन्य खेलहरुमा लाजियोले डर्ट्मण्ड, चेल्सीले सेभिया, बार्सिलोनाले फेरेनकार्भोसको  सामना गर्ने छ । यी खेलहरु नेपाली समय अनुसार १२ः४५ मा शुरु हुने छन् ।

Click to comment

Trending