Headline

हिमिनेजको गोलमा वुल्भ्स बिजयी

Published

on

प्रिमियर लिग अन्तर्गत मंगलबार भएको खेलमा वुल्भ्सले लिड्स युनाइटेडलाई १-० गोल ले हराएको छ ।

पहिलो हाफमा कुनै गोल नभएको खेलमा ७० औँ मिनेटमा भने वुल्भ्सका लागि राउल हिमिनेजले गोल गरेका थिए ।

हिमिनेजको गोल निर्णायक बन्न पुग्दा वुल्भ्सले लिड्स माथि जित निकालेको हो ।

जितसँगै वल्भ्स ५ खेलबाट ९ अंक जोडेर छैटौं स्थानमा उक्लन सफल हुदा लिड्स ६ अंकसहित १०औं स्थानमा झरेको छ । प्रिमियर लिगको अर्काे खेलमा वेस्ट ब्रुम र बर्नलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

बराबरीपछि वेस्ट ब्रुम २ अंक जोडेर १७औं स्थानमा तथा पहिलो अंक जोडेको बर्नली १८औं स्थानमा उक्लिएको छ ।

समान १ अंक भएपनि बर्नलीले गोल अन्तरमा सेफिल्ड र फुलहमलाई पछि पारेको हो ।

Click to comment

Trending