IPL

चेन्नाई माथि राजस्थानको सहज जित

Published

on

यस जितसँगै १० खेलमा चार जित निकाल्दै आठ अंकका साथ राजस्थान अंक तालिकाको पाँचौं स्थान उक्लिएको छ भने राजस्थान सातौं हार पछि अंक तालिकाको पुछारमा झरेको छ ।

जितका लागि १२६ रनको सामान्य लक्ष्य लिएर ब्याटिङमा आएको राजस्थानले १७ दशमलब तीन ओभर खेल्दै तीन विकेटको नोक्सानीमा जित दर्ता गर्यो ।

राजस्थानको जितमा अविजित रहेका जस बटलरले सर्वाधिक ७० रन बनाए । ४८ बल खेल्दै सात चौका र दुई छक्का प्रहार गरेका उनले चौथों विकेटका लागि कप्तान स्टिभसँग मिलेर १३ ओभरमा अविजित ९८ रन जोडे । चार दशमलब तीन ओभरमा २८ रनमा तीन विकेट गुमाएको राजस्थानको जितमा बटलर बाहेक कप्तान स्टिभ स्मिथले पनि ३४ बलमा अविजित २६ रन जोडे ।

यस अघि शेख जायद अन्तरास्ट्रिय क्रिकेट रंगशाला, अबुधबीमा टस जितेर पहिले ब्याटिङ रोजेको चेन्नाईले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा मात्र १२५ रन बनाउन सक्यो ।

चेन्नाईका ओपनरद्वय साम कुर्रान २२ रन तथा फाफ डु प्लेसिस १० रन बनाएर आउट भए भने शेन वाटसनले पनि आठ रन भन्दा जोड्न सकेनन् । अम्बाती रायुडू १३ तथा कप्तान महेन्द्र सिंह धोनी २८ रनमा पेभेलियन फर्किए । त्यस्तै अविजित रहेका रविन्द्र जडेजाले ३० बलमा सर्वाधिक ३५ रनको पारी ।

राजस्थानका श्रेयस गोपालले चार ओभर गर्दै १४ रन खर्चिएर एक विकेट लिए भने राहुल टेवाटियाले पनि १८ रन खर्चिएर एक विकेट हात ।

यस अघि भएको पहिलो लेगमा राजस्थानले चेन्नाईलाई १६ रनले पराजित गरेको थियो । कप्तान स्टिभ स्मिथ र सन्जु सामसनको आक्रमक अर्धशतकको मद्धत राजस्थानले पहिले ब्याटिङ गर्दै २० ओभरमा सात विकेटको नोक्सानीमा २१६ रनको विशाल योगफल तयार पार्यो । जवाफी ब्याटिङ गरेको चेन्नाईले फाफ डु प्लेसिसको तुफानी अर्धशतकको बाबजुद २० ओभरमा छ विकेट गुमाएर २०० रन मात्र बनाउन सक्यो ।

Click to comment

Trending