IPL

चेन्नाई पहिले ब्याटिङ गर्दै

Published

on

चेन्नाई सुपर किंग्सले राजस्थान रोयल्स विरुद्ध इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो १०औं खेलमा पहिले ब्याटिङ गर्ने भएको छ । शेख जायद अन्तरास्ट्रिय क्रिकेट रंगशाला, अबुधबीमा चेन्नाईका कप्तान महेन्द्र सिंह धोनीले खालमा टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

आजको खेलमा चेन्नाईले दुई परिवर्तन गरेको छ । जस ह्याजलउड र पियुष चावलाले सुरुवाती ११ मा स्थान बनाउंदा ड्वायन ब्राभो र कर्ण शर्मा टोली बाहिर रहेका छन् । त्यस्तै राजस्थानका अंकित राजपुत टोलीमा पर्दा जयदेव उनादकट बाहिर रहेका छन् ।

समान नौं नौं खेल खेलेका चेन्नाई र राजस्थान अंक तालिकाको सातौं र आठौँ स्थानमा रहेका छन् । दुबै टोलीले तीन खेलमा मात्र जित हात पार्दा छ खेलमा पराजित हुन पुगेका छन् । समान ६-६ अंक रहे पनि चेन्नाई नेट रन रेटका आधारमा सातौं र राजस्थान आठौं स्थानमा रहेका हुन् ।

यस अघि भएको पहिलो लेगमा राजस्थानले चेन्नाईलाई १६ रनले पराजित गरेको थियो । कप्तान स्टिभ स्मिथ र सन्जु सामसनको आक्रमक अर्धशतकको मद्धत राजस्थानले पहिले ब्याटिङ गर्दै २० ओभरमा सात विकेटको नोक्सानीमा २१६ रनको विशाल योगफल तयार पार्यो । जवाफी ब्याटिङ गरेको चेन्नाईले फाफ डु प्लेसिसको तुफानी अर्धशतकको बाबजुद २० ओभरमा छ विकेट गुमाएर २०० रन मात्र बनाउन सक्यो ।

Click to comment

Trending