IPL

अंक तालिकाको पुछारमा रहेका चेन्नाई र राजस्थान भिड्दै 

Published

on

अंक तालिकामा पछाडीबाट पहिलो र दोश्रो स्थानमा रहेका चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो १०औं खेलमा एक आपसमा भिड्दै छन् । शेख जायद अन्तरास्ट्रिय क्रिकेट रंगशाला, अबुधबीमा हुने खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।

समान नौं नौं खेल खेलेका चेन्नाई र राजस्थान अंक तालिकाको सातौं र आठौँ स्थानमा रहेका छन् । दुबै टोलीले तीन खेलमा मात्र जित हात पार्दा छ खेलमा पराजित हुन पुगेका छन् । समान ६-६ अंक रहे पनि चेन्नाई नेट रन रेटका आधारमा सातौं र राजस्थान आठौं स्थानमा रहेका हुन् ।

यस अघि भएको पहिलो लेगमा राजस्थानले चेन्नाईलाई १६ रनले पराजित गरेको थियो । कप्तान स्टिभ स्मिथ र सन्जु सामसनको आक्रमक अर्धशतकको मद्धत राजस्थानले पहिले ब्याटिङ गर्दै २० ओभरमा सात विकेटको नोक्सानीमा २१६ रनको विशाल योगफल तयार पार्यो । जवाफी ब्याटिङ गरेको चेन्नाईले फाफ डु प्लेसिसको तुफानी अर्धशतकको बाबजुद २० ओभरमा छ विकेट गुमाएर २०० रन मात्र बनाउन सक्यो ।

Click to comment

Trending