IPL

मिश्राको स्थानमा अर्का लेग स्पिनर दुबे दिल्लीको टोलीमा

Published

on

चोटका कारण युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) बाट बाहिरिएका लेग स्पिनर अमित मिश्राको स्थानमा दिल्ली क्यापिटल्सले अर्का लेग स्पिनर प्रविन दुबेले आफ्नो टोलीमा समावेस गरेको छ । दिल्लीले आज दुबेलाई आफ्नो टोलीमा अनुबन्ध गराएको जनाएको हो ।

दुबे पहिलो पटक आईपीएल टोलीमा भने समावेस भएका हैनन् । उत्तर प्रदेशका दुबे घरेलु क्रिकेटमा भने कर्नाटकाबाट खेल्ने गर्दछन् । त्यसैले सन् २०१६ र २०१७ को आईपीएलमा बेंगलोरले उनलाई आफ्नो टोलीमा समावेस गरे पनि डेब्यु भने गर्न पाएका थिएनन् ।

एउटा फर्स्ट क्लास, आठवटा लिस्ट ए र १४ वटा ट्वान्टी ट्वान्टी क्रिकेट खेलेका २७ बर्षिय दुबेले क्रमश दुई, ११ र १६ विकेट आफ्नो नाममा दर्ता गराएका छन् ।

मिश्रा औंलामा लागेका चोटका कारण आईपीएलबाट बाहिरिएका थिए । कोलकाता नाइट राईडर्स विरुद्धको खेलका क्रममा आफ्नै बलिङमा आएको क्याच समात्ने क्रममा उनको औंलामा चोट लाग्न पुगेको थियो ।

दिल्लीको लागि आईपीएलमा सर्वाधिक विकेट लिने बलरको सुचीको पहिलो नम्बरमा रहेका मिश्राले यस सिजन तीन खेल खेलेका थिए भने आफ्नो नाममा तीन विकेट मात्र दर्ता गराउन सकेका थिए ।

Click to comment

Trending