Headline

महिला सहायक रेफ्रिलाई छोएकोमा अगुएरोको सर्वत्र आलोचना

Published

on

इङ्गलिस प्रिमियर लिगको एक खेलका दौरान महिला सहायक रेफ्रीलाई हातले छोएकोमा म्यानचेस्टर सिटीका अर्जेन्टिनी फर्वार्ड सर्जियो अगुएरोको आलोचना भएको छ ।

प्रिमियर लिग अन्तर्गत शनिबार आर्सनललाई १–० हराएको खेलमा अगुएरोले सहायक रेफ्रि सियन मासे–एलिसको काँध र घाटीमा छोएको तस्विर बाहिर आएलगत्तै उनको आलोचना हुन थालेको हो । फुटबल रेफ्रिहरुको संगठनले पनि यस्तो बिषयमा एउटा सिमा तय गरिनु पर्ने माग गरेका छन् ।

खेलकुद मन्त्री एलिसन म्याकगभर्नले अगुएरोको कार्यलाई भयावहको संज्ञा दिदै आफ्नो ट्विटरमा लेखेका छन्ः “उसको घाटीबाट हात तल झार ।” उनकी लेबर पार्टीकी मित्र डक्टर रोजेना अलिन–खानले अगुएरको व्यवहार पूर्ण रुपमा अस्विकार्य रहेको भन्दै लेख्छिनः “उनी (अगुएरो) आफूलाई को सम्झन्छन् ?”

४२ औं मिनेटमा आर्सनललाई दिइएको थ्रो–इनको बारे गुनासो गर्दै मासे–एलिस भएको लाइनमा पुगेका अगुएरोले उनको पछाडीबाट उनको काँध र घाटीमा हात लगाएका थिए । प्रिमियर लिग २०१६ को निर्देशिका अनुसार अफिसियलसँग भएको कुनै किसिमको फिजिकल कन्ट्याक्टमा खेलाडीले पहलो कार्ड पाउने प्रावधान रहेपनि मासी–एलिसले अगुएरोलाई जान भनेर मात्र छोडिदिएकी थिइन् ।

सिटी व्यवस्थापक पेप ग्वार्डियोलाले खेलपछिको पत्रकार सम्मेलनमा उक्त घटनाको बिषयमा सोध्दा यो कुनै गम्भिर मुद्दा नै नरहेको प्रतिक्रिया दिएका थिए । “मैले भेटेकाहरु मध्ये सर्जियो सबैभन्दा राम्रा मान्छे हुन् । अन्य कुनै स्थितिमा समस्य खोज्नुहोला तर यसमा होइन,” ग्वार्डियोलाले भनेका थिए ।

Click to comment

Trending