Headline

भान डाइकको चोटपछि प्रिमियर लिग अझै प्रतिस्पर्धात्मक

Published

on

“आशा गरौँ भर्जिल भान डाइकलाई लागेको यो गम्भीर चोट पछि पनि लिभरपुलले आफ्नो उपाधि रक्षा गर्ने छ,” पुर्व लिभरपुल डिफेन्डर जेमी क्यारागर भन्छन् । उनले भान डाइक नभए पछि अब भने प्रिमियर लिग अझै प्रतिस्पर्धात्मक हुने र शिर्ष ६ बाहेकका अन्य क्लबहरुले पनि आफ्नो दावेदारी देखाउने बताए ।

शनिबार भएको मर्सीसाइड डर्बीमा एवर्टनका गोलकिपर जोर्डन पिकफोर्डसँग ठोक्किए पछि घाइते हुँदै मैदान बहिर निस्किएका नेदरल्याण्ड्स डिफेन्डर भान डाइकलाई घुँडामा गम्भिर चोट लागेको थियो । उनको एन्टेरिअर क्रूसिएट लिगामेन्टमा (एसीएल) गम्भीर चोट लागेको पत्ता लागेको थियो ।

भान डाइक पुरा सिजन बाहिर बस्ने निश्चित नभए पनि एसीएल जस्तो ठुलो चोटको सिकार भए पछि उनले अर्को बर्ष जुन-जुलाईमा हुने युरो कप २०२० पनि गुमाउन सक्ने संचार मध्यामहरुले बताएका छन्  ।

२०१७ को जनवरी ट्रान्सफरमा साउथह्याम्प्टनबाट ७६ मिलियन पाउन्डमा लिभरपुल आएका उनले प्रिमियर लिग र च्याम्पियन्स लिग जितिसकेका छन् । लिभरपुलका लागि महत्वपूर्ण खेलाडी रहेका भान डाइकको अभाव साविक बिजेतालाई अवश्य पनि खड्किने देखिन्छ ।

“यहाँ एउटा प्रश्न के उठ्छ भने, के लिभरपुलले भान डाइक बिना उपाधि रक्षा गर्न सक्ला ?,” क्यारागरले सोधेका छन् ।

“मलाई लाग्छ कि प्रत्येक टीमसँग तीन वा चार खेलाडीहरू छन् जसले सोच्छन् कि उनीहरूले क्लबलाई उपाधि जिताउन सक्छन्र, यदि ती खेलाडीहरू मध्ये एक घाइते हुन्छ भने तपाईंको व्यवस्थापक नै किन राम्रो नहोस् , तपाईको टोली जति ठूलो होस्, त्यो खेलाडीको स्थान अरुलाई दिन सक्नु हुन्न किन कि उनीहरु उत्कृष्ट मध्येका एक हुन,”

क्यारागरले थपे: “मलाई लाग्छ शिर्ष ६ का टोली मात्र हैन अब प्रिमियर लिगका हरेक टोलीले उपाधि होडमा आफ्नो छाप छोड्न तयार भएर बसे हुन्छ।”

Click to comment

Trending