Headline

भान डाइकलाई गम्भीर चोट,पुरा सिजन मैदान बाहिर

Published

on

शनिबार भएको मर्सीसाइड डर्बीमा एवर्टनका गोलकिपर जोर्डन पिकफोर्डसँग ठोकिए पछि घाइते हुँदै मैदान बहिर निस्किएका नेदर्ल्याण्ड्सका डिफेन्डर भर्जिल भान डाइकलाई घुँडामा गम्भिर चोट लागेको लिभरपुलले बताएको छ । उनको चोट पुष्टि भए सँगै उनी लामो समय मैदान बहिर रहने पनि स्पष्ट भएको छ ।

उनलाई एन्टेरिअर क्रूसिएट लिगामेन्टको चोट लागेको हो । लिभरपुलले चोट गम्भिर भएका कारण उनको चाँडै नै सर्जरी गराइने बताएको छ ।

खेलमा ११ मिनेट पनि मैदानमा बिताउन नपाउदै भान डाइक चोटका कारण बहिर निस्किएका थिए । भान डाइकको अभावका कारण पनि लिभरपुलले उक्त खेल २-२ को बराबरीमा चित्त बुझाउनु परेको थियो ।

भान डाइक लिभरपुलका लागि निकै महत्वपूर्ण खेलाडी हुन् । २०१७ को जनवरी ट्रान्सफरमा साउथह्याम्प्टनबाट ७६ मिलियन पाउन्डमा लिभरपुल आएका उनले प्रिमियर लिग र च्याम्पियन्स लिग जितिसकेका छन् ।

भान डाइकको चोट पछि प्रशिक्षाक योर्गन क्लोपलाई उक्त स्थानमा अन्य भर पर्दो खेलाडी खोज्न गार्हो हुने छ ।

यसै सिजनको खेलमा चेल्सीसँग जोएल माटिपलाई डिफेन्डर खेलाएका क्लोपले माटिपलाई धेरै खेलमा डिफेन्डरको भूमिका दिने निश्चित छ तर क्लोपलाई भान डाइकको स्थानमा स्थायी खेलाडी खोज्न भने समय लाग्ने छ ।

भान डाइकको स्थानमा लिभरपुलका केही युवा खेलाडीहरुले स्थानतरण गर्न सके पनि अनुभव नभएका कारण क्लोपले धेरै खेलाडीलाई मौका दिने देखिन्छ ।

भान डाइकको स्थानमा २३ बर्षिय नाट फिलिप्स र १९ बर्षिय रेहे विलियाम्सले मौका पाउने धेरै संचार मध्यामहरुले बताउदै आएका छन् ।

 

Click to comment

Trending