Headline

१० मिनेट अग्रता जोगाउन नसक्दा वेष्ट ह्यामसँग बाराबरीमा रोकियो टोटनह्याम

Published

on

३-० को अग्रतालाई अन्तिम १० मिनेट जोगाउन नसक्दा टोटन्ह्याम वेष्ट ह्यामसँग ३-३ को बराबरीमा रोकिएको छ ।

टोटनह्यामका लागि ह्यारी केनले दुई गोल गरेका थिए भने ह्युङ मिन सनले एक गोल गरेका थिए । वेष्ट ह्यामका लागि भने कमब्याक गर्ने क्रममा फबिएन बलब्युना,मनुएल लाजिनीले एक-एक गोल गरेका थिए । एक गोल भने वेष्ट ह्यामका लागि टोटनह्यामका नयाँ अनुबन्धित ।

खेलको पहिलो मिनेटमै टोटनह्यामले खेलमा अग्रता लिएको थियो । टोटनह्यामका लागि ह्युङ मिन सनले गोल गरेका थिए । पहिलो हाफमा तीन गोलको अग्रता बनाउने क्रममा ह्यारी केनले टोलीका लागि दोस्रो र तेस्रो गोल ८ औँ र १३ औँ मिनेटमा गरेका थिए ।

दोस्रो हाफमा भने टोटनह्यामले कुनै मौकाको सदुपयोग गर्न सकेन । खेलमा अन्तिम १० मिनेट बाँकी रहदा वेष्ट ह्यामले गोल गर्न सुरु गरेको थियो ।

वेष्ट ह्यामका लागि ८२ औँ मिनेटमा फबिएन बलब्युनाले गोल गरेका थिए । दोस्रो गोल भने वेष्ट ह्यामले उपहार स्वारुप टोटनह्यामका खेलाडी डेभिनसन सान्चेजले गरेको आत्मघाति गोलबाट पाएको थियो ।

वेष्ट ह्यामका लागि अविश्वासनिय कम ब्याक गर्ने क्रममा ९० मिनेट पछि थपिएको इन्जुरी समयमा मनुएल लाजिनीले गरेको लामो प्रहार गोल भए पछि खेल ३-३ को बराबारीमा सकिएको थियो ।

खेलसँगै टोटनह्याम अंक बाड्न बाध्य भएको छ ।

यस्तै अन्य खेलहरुमा सेफिल्ड युनाइटेड र फुल्ह्याम,क्रिस्टल प्यालेस र ब्राइटनले १-१ को बराबरी खेलेका थिए ।

Click to comment

Trending