IPL

पोलार्ड र निलको तुफानी पारीमा मुम्बईको ठुलो योगफल

Published

on

काइरन पोलार्ड र नाथन काउल्टर नाइलले अन्तिम २१ बलमा ५७ रन जोडे पछि खराब सुरुवातका बाबजुद इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो नवौं खेलमा मुम्बई इन्डियन्सले किंग्स ११ पन्जाबलाई १७७ रनको लक्ष्य दिएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मुम्बईले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १७६ रन बनायो ।

मुम्बईको तर्फबाट ओपनर क्विन्टन डि ककले ४३ बल खेल्दै समान ३-३ चौका र छक्काको मद्धतमा सर्वाधिक ५३ रन बनाए । त्यस्तै कुर्नाल पान्ड्याले पनि ३० बलमा ३४ रन जोडे ।

१६ दशमलब तीन ओभरमा छ विकेट गुमाएको मुम्बईको लागि अविजित रहेका काइरन पोलार्डले १२ खेल्दै एक चौका र चार छक्काको मद्धतमा ३४ तथा नाथन काउल्टर नाइलले पनि १२ बल नै खेल्दै चार चौका सहित २४ रन बनाए । पोलार्ड र निलले मात्र तीन दशमलब तीन ओभरमा अविजित ५७ रन जोड्दै मुम्बईलाई ठुलो योगफल सम्म पुर्याए ।

पन्जाबका मोहम्मद शामी र आर्शदिप सिंहले समान २-२ विकेट हात पारे ।

मुम्बई अंक तालिकाको दोश्रो स्थानमा छ भने पन्जाब पुछारमा रहेको छ । आठ खेल खेलेको मुम्बई छ जित सहित १२ अंकका साथमा दोश्रो स्थानमा छ । एक खेल बढी खेलेको दिल्ली १४ अंकका साथ अंक तालिकाको पहिलो स्थानमा पकड जमाएर बसेको छ । आठ खेल नै खेलेको पन्जाबले दुई खेलमा मात्र जित हात पार्न सकेको छ भने छ खेलमा हारको सामना गरेको छ ।

यस अघि भएको पहिलो लेगमा मुम्बईले पन्जाबलाई ४८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १९१ रन बनायो भने जवाफी ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा मात्र १४३ रन बनाउन सक्यो ।

Click to comment

Trending