IPL

टस जितेर मुम्बई पहिले ब्याटिङ गर्दै

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो नवौं खेलमा मुम्बई इन्डियन्सले किंग्स ११ पन्जाब विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । खेलमा मुम्बईले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

आजको खेलमा दुबै टोलीले कुनै पनि खेलाडी परिवर्तन गरेका छैनन् ।

मुम्बई अंक तालिकाको दोश्रो स्थानमा छ भने पन्जाब पुछारमा रहेको छ । आठ खेल खेलेको मुम्बई छ जित सहित १२ अंकका साथमा दोश्रो स्थानमा छ । एक खेल बढी खेलेको दिल्ली १४ अंकका साथ अंक तालिकाको पहिलो स्थानमा पकड जमाएर बसेको छ । आठ खेल नै खेलेको पन्जाबले दुई खेलमा मात्र जित हात पार्न सकेको छ भने छ खेलमा हारको सामना गरेको छ ।

यस अघि भएको पहिलो लेगमा मुम्बईले पन्जाबलाई ४८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १९१ रन बनायो भने जवाफी ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा मात्र १४३ रन बनाउन सक्यो ।

Click to comment

Trending