IPL

कोलकाताले हैदराबादलाई दियो १६४ रनको सामान्य लक्ष्य 

Published

on

पारीको अन्त्यमा आएर कप्तान ओइन मोर्गन र दिनेश कार्तिकले आक्रमक पारी खेले पछि इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो नवौं चरणको खेलमा कोलकाता नाइटराईडर्सले सनराईजर्स हैदराबादलाई १६४ रनको सामान्य लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १६३ रन मात्र बनाउन सक्यो ।

कोलकाताका ओपनर शुबमन गिलले ३७ बल खेल्दै सर्वाधिक ३६ रन बनाए भने अर्का ओपनर राहुल त्रिपाठीले पनि २३ रन मात्र जोड्न सके । त्यस पछिका ब्याट्सम्यानहरु नितिश राना २९, आन्द्रे रसेल नौं रनमा पेभेलियन फर्किए ।

पारीको अन्तिम बलमा आउट भएका कप्तान ओइन मोर्गनले २३ बलमा ३४ रन बनाए भने अविजित रहेका दिनेश कार्तिकले १४ बलमा २९ रनको पारी खेले । । १४ दशमलब छ ओभरमा कुल स्कोर १०५ रन हुँदा पाँच विकेट गुमाएर धराशायी भएको कोलकाताको पारी सम्हाल्ने क्रममा मोर्गन र कार्तिकले पाँचौं विकेटका लागि अन्तिम पाँच ओभरमा ५८ रनको साझेदारी गर्दै सम्मानजनक स्कोर सम्म पुर्याय ।

हैदराबादका टि नटराजनले चार ओभरमा ४० रन खर्चिएर सर्वाधिक दुई विकेट लिए भने विजय शंकर चार ओभरमा २० रन तथा रशिद खानले चार ओभरमा नै २८ रन दिएर आफ्नो नाममा समान १-१ विकेट दर्ता गराए ।

कोलकाता र हैदराबाद दुबैले आजको खेलमा २-२ परिवर्तन गरेका छन् । हैदराबादले बासिल थम्पी र अब्दुल समादलाई तथा कोलकाताले कुलदिप यादव र लोकी फर्गुसनलाई सुरुवाती ११ मा स्थान दिएका छन् ।

समान ८-८ खेल खेलेका कोलकाता र हैदराबाद अंक तालिकामा क्रमश आठ र छ अंकका साथ अंक तालिकाको चौथों र पाँचौं स्थानमा रहेका छन् । कोलकाताले समान ४-४ खेलमा जित र हार व्यहोरेको छ भने हैदराबादले पाँच खेलमा पराजय भोग्दा तीन खेलमा मात्र जित दर्ता गराउन सफल भएको छ ।

यस अघि भएको पहिलो लेगमा कोलकाताले हैदराबादलाई सात विकेटले पराजित गरेको थियो । मनिष पाण्डेको अर्धशतकमा हैदराबादले २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा मात्र १४२ रन बनाउन सक्यो भने ओपनर शुबमन गिलको अविजित ७० रन तथा ओइन मोर्गनको अविजित ४२ रनको मद्धतमा खराब सुरुवातका बाबजुद कोलकाताले १८ ओभर खेल्दै तीन विकेटको नोक्सानीमा जित हात पारेको हो ।

Click to comment

Trending