IPL

हैदराबाद विरुद्ध कोलकाता पहिले ब्याटिङमा 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो नवौं चरणको खेलमा कोलकाता नाइटराईडर्सले सनराईजर्स हैदराबाद विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । हैदराबादका कप्तान डेभिड वार्नरले खेलमा टस जित्दै कोलकातालाई ब्याटिङ गर्न लगाएका हुन् ।

कोलकाता र हैदराबाद दुबैले आजको खेलमा २-२ परिवर्तन गरेका छन् । हैदराबादले बासिल थम्पी र अब्दुल समादलाई तथा कोलकाताले कुलदिप यादव र लोकी फर्गुसनलाई सुरुवाती ११ मा स्थान दिएका छन् ।

समान ८-८ खेल खेलेका कोलकाता र हैदराबाद अंक तालिकामा क्रमश आठ र छ अंकका साथ अंक तालिकाको चौथों र पाँचौं स्थानमा रहेका छन् । कोलकाताले समान ४-४ खेलमा जित र हार व्यहोरेको छ भने हैदराबादले पाँच खेलमा पराजय भोग्दा तीन खेलमा मात्र जित दर्ता गराउन सफल भएको छ ।

यस अघि भएको पहिलो लेगमा कोलकाताले हैदराबादलाई सात विकेटले पराजित गरेको थियो । मनिष पाण्डेको अर्धशतकमा हैदराबादले २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा मात्र १४२ रन बनाउन सक्यो भने ओपनर शुबमन गिलको अविजित ७० रन तथा ओइन मोर्गनको अविजित ४२ रनको मद्धतमा खराब सुरुवातका बाबजुद कोलकाताले १८ ओभर खेल्दै तीन विकेटको नोक्सानीमा जित हात पारेको हो ।

Click to comment

Trending