Headline

मेस्सी भर्सेस रोनाल्डो, म्यानचेस्टर युनाइटेड र हालान्डः च्याम्पियन्स लिगको प्रमुख चर्चा

Published

on

युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको यो सिजनको समुह चरणका पहिलो खेलहरु शुरु हुदा बायर्न म्युनिख उपाधि रक्षा गर्नका लागि ओर्लनेछ । लिस्बनमा अगष्टमा भएको फाइनलमा फ्रेञ्च टोली पेरिस सेन्ट जर्माइन (पिएसजी) लाई पराजित गर्दै जर्मन महारथी बायर्नले २०१२–१३ पछि पहिलो पटक च्याम्पियन्स लिग जितेको हो ।

तर यो सिजन पनि बायर्नको दबदबा उति नै रहने अपेक्षा गरिएको छ । यो सिजनको शुरुवात हुदा च्याम्पियन्स लिगको प्रमुख आकर्षणहरु के–के छन् त ?

मेस्सी भर्सेस रोनाल्डो

च्याम्पियन्स लिगका दुई सर्वाधिक गोलकर्ता र फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार बालोना डि ओरका संयुक्त ११ पटकका बिजेता लियोनल मेस्सी र क्रिष्चियानो रोनाल्डो आफ्नो युगका दुई महान खेलाडीहरु हुन् । रोनाल्डो र मेस्सीबीचको प्रतिद्वन्दीता यसै सिजनको समुह चरणमा नै नविकरण हुनेछ ।

२०१८ मा पोर्चुगिज सुपरस्टार रोनाल्डो रियल म्याड्रिड छोडेर युभेन्टस गए यता मेस्सी र रोनाल्डो एक आपसमा भिडेका छैनन् । रोनाल्डो कोरोना संक्रमणका कारण अहिले सेल्फ आइसोलेसनमा रहेका छन् र टुरिनमा हुने पहिलो लेगका लागि उनको रिपोर्ट नेगेटिभ आउनुपर्नेछ । दोश्रो लेग क्याम्प नोउमा अक्टोबर ८ मा हुनेछ ।

डायनामो किएभ र फेरेंकभारोस रहेको ग्रुप जी बाट बार्सिलोना र युभेन्टस दुवै छनोट हुने दाबेदार रहेपनि मेस्सी र रोनाल्डो भने अर्को च्याम्पियन्स लिग उपाधि जित्न उमेरसँगको लडाइमा रहेका छन् । ३३ बर्षिय मेस्सीले चार पटक र ३५ बर्षिय रोनाल्डोले पाँच पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

के युनाइटेड समुह चरण पार गर्ला ?

२०१८–१९ को प्रि–क्वार्टरफाइनलमा बिवादास्पद पेनाल्टीले जित हात पार्दै पिएसजीलाई पछि पारेको प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड फ्रेञ्च टोलीसँग यो पटक समुह चरणमा नै खेल्नेछ । उक्त सिजन युनाइटेड क्वार्टर–फाइनलमा बार्सासँग पराजित भएको थियो ।

ओले गुनार सोल्सायरको व्यवस्थापकीय करिअरमा सबैभन्दा उच्च उपलब्धि अहिलेसम्म त्यही हो । अन्तरिम प्रशिक्षकको रुपमा सोल्सायरको त्यो १७ खेलमा १४ औं जित थियो । त्यसपछि उनी पूर्णकालीन व्यवस्थापक नियुक्त भएका थिए ।

तर अघिल्लो सिजन युनाइटेड च्याम्पियन्स लिगको लागि छनोट नै हुन सकेको थिएन । सोल्सायरले पूर्णकालीन प्रशिक्षकको रुपमा युनाइटेडलाई प्रिमियर लिगमा तेश्रो स्थान दिलाउदै च्याम्पियन्स लिगमा छनोट गराएपनि उनको लागि समुह चरण नै निकै कठिन देखिनेछ ।

समुह चरण पनि पार गर्न नसक्ने हो भने सोल्सायरका लागि यो सिजन युनाइटेडका लागि अन्तिम पनि हुन सक्नेछ । युनाइटेडको समुहमा पिएसजी बाहेक गत सिजनको सेमिफाइनलिस्ट आरबी लाइपजिग र टर्किस च्याम्पियन इस्तानबुल बासाकेसिर रहेको छ ।

हालान्ड फेरि पनि स्टार ?

कोरोना भाइरस महामारीका कारण अन्तर्राष्ट्रिय फुटबल रोकिनु अघि एर्लिङ्ग हालान्ड च्याम्पियन्स लिगको स्टार थिए । नर्वेजियन स्ट्राइकर हालान्डले रेड बुल साल्जबर्गका लागि समुह चरणमा ८ गोल गर्दै आफू युरोपको माथिल्लो स्तरमा चम्कनका लागि तयार रहेको पुष्टि गरेका थिए ।

उनले यो सिजन डर्टमण्ड र नर्वेका लागि संयुक्त ११ गोल गरिसकेका छन् । जेनिट सेन्ट पिटर्सबर्ग, लाजियो र क्बल ब्रुग रहेको समुह चरणमा सबैको नजर एक पटक फेरि हालान्डमै हुनेछ ।

मिड सिजनमा बोरुसिया डर्टमण्ड गएपछि उनले पिएसजीलाई पहिलो लेगमा हराउदा दुई गोल गरेका थिए । तर डर्टमण्ड अन्तिम १६ मा समग्रमा पराजित हुँदा उनको गोल गर्ने श्रृंखला रोकिएको थियो । जुलाईमा २० बर्ष पुग्नु अघि नै हालान्डले अघिल्लो सिजन क्लब स्तरमा ४४ गोल गरिसकेका थिए ।

एट्लान्टा अब डार्क हर्स रहेन

गत सिजन पिएसजीसँग पराजित हुनुअघि एट्लान्टाको च्याम्पियन्स लिगमा क्वार्टर–फाइनलसम्मको यात्रा उसको घरेलु शहर बेर्गामो कोरोना भाइरसका कारण ध्वस्त नभएको भएपनि सबैको लागि मन छुने नै थियो ।

जियान पिएरो गेस्परिनीको टोली समुह चरणको पहिलो तीन खेलमा पराजित भए पनि दोश्रो चरणमा प्रवेश गर्दै भ्यालेन्सियामाथि समग्रमा ८–४ को जितसहित क्वार्टर फाइनल पुगेको थियो । एट्लान्टाले आफ्नो पहिलो च्याम्पियन्स लिग खेलिरहेको थियो ।

इटालियन प्रथम श्रेणीमा तेश्रो स्थान ओगट्दै एट्लान्टाले लगातार दोश्रो पटक युरोपमा स्थान बनाएको छ । तर एट्लान्टा यो सिजन भने सरप्राइज प्याकेज होइन र समुह चरणमा डच टोली आयाक्स र डेनिस च्याम्पियन मिडिल्याण्डको चुनौति पन्छाउदै लिभरपुलसँगै दोश्रो चरण प्रवेश गर्ने सबैले अपेक्षा गरेका छन् ।

डेब्युटेन्टहरु

एट्लान्टा युरोपियन प्रतिस्पर्धामा अब नयाँ टोली नरहेपनि समुह चरणमा पहिलो पटक स्थान बनाउने चार टिमहरु रहेका छन् । फ्रेञ्च कप जितेको एक बर्षपछि फ्रेञ्च लिग वानमा पहिलो पटक तेश्रो स्थानमा सक्काएको रेनेस च्याम्पियन्स लिग खेल्ने सबैभन्दा रोमाञ्चक टोलीमध्ये पर्दछ ।

रेनेसका युलियन स्टेफन युरोपका सबैभन्दा उत्कृष्ट युवा प्रशिक्षकहरु मध्ये पर्दछन् भने मिडफिल्डर एडुवार्डो कामाभिँगा बिश्व फुटबलका उदीयमान खेलाडी रहेका छन् । चेल्सी, सेभिया र पहिलो पटक सहभागिता जनाइरहेको अर्को टोली रुसी क्रस्नोडर रहेको समुह रेनेसका लागि भने निकै कठिन देखिन्छ ।

मिडिल्याण्डका लागि लिभरपुल, आयाक्स र एट्लान्टा रहेको समुह पार गर्न फलामको चिउरा चपाउन सरह रहनेछ । टर्किमा गालातासारेको दबदबालाई समाप्त गरेको बासाकेसिरबाट पिएसजी, युनाइटेड र लाइपजिगलाई चुनौतिको अपेक्षा गरिएको छ ।

Click to comment

Trending