Headline

‘मलाई कोरोना भए पनि यो खेल खेल्न चाहन्थे’

Published

on

ज्लाटन इब्राहिमोभिचले आँफुले मिलान डर्बी जस्तो खेलमा एसी मिलानका लागि दुई गोल गर्दा निकै खुशी भएको र कोरोना भाईरस जस्तो रोगले पनि आफुलाई यो खेल खेल्न बन्चित गर्न नसकेको बताएका छन् ।

इब्राहिमोभिचले एसी मिलानले २०१६ देखी इन्टर मिलानलाई पहिलो पटक हराउने क्रममा दुई गोल गरेका थिए । खेल एसी मिलानले २-१ ले जितेको थियो ।

खेलको १३ औँ र १६ औँ मिनेटमा गोल गरेका इब्राहिमोभिच गएको जनवरीको ट्रान्स्फर विन्डोमा एसी मिलन भित्रिएका थिए ।

उनलाई केही हप्ता अघी भने कोरोना संक्रमण देखिएका कारण उनले सेरी आ का दुई खेल गुमाएका थिए भने मिलान डर्बीका लागि पनि अन्योलमा रहेका थिए ।

३९ बर्षिय भेट्रान स्वीडिस स्ट्राइकर इब्राहिमोभिचले आफुलाई कोभिड-१९ भएको भए पनि यो खेल भने खेल्न चाहेको बताएका थिए ।

“मैले मेरो जिब्रोको स्वाद अलिकती गुमाए र हल्का जर्हो बाहेक मलाई केही थिएन,” उनले भने ।

“मैले हरेक तीन-तिन दिनमा आफ्नो स्वाब परिक्षण गराएको थिए तर हरेक पल्ट पोजेटिभ आए पछि मलाई चिन्ता लागेको थियो किन कि मलाई यो डर्बी जुन सुकै हालतमा पनि खेल्नु थियो र म कोरोना अझै भएको भए पनि यो खेल खेल्थिए होला,” इब्राहिमोभिच मजाक गर्दै भने ।

मिलनले ५ बर्ष पछि लिगमा आफ्नो उत्कृष्ट सुरुवात गरेको छ भने इब्राहिमोभिचले आफ्नो लय समाएका छन् ।

यो बर्ष भने युभेन्टसलाई इन्टर र एसी मिलन जस्ता ठुलो टोलीले लिग उपाधिका लागि प्रतिस्पर्धा दिने निश्चित छ ।

Click to comment

Trending