Headline

एसी मिलानको चार वर्ष पछि इन्टर विरुद्ध पहिलो जित, रियल म्याड्रिड र बार्सिलोना दुवै पराजित

Published

on

इटाली

ज्लाटान इब्राहिमोभिक दुई गोलको मद्धतमा एसी मिलनले सेरी आ मा २०१६  पछि पहिलो पटक इन्टर मिलनलाई पराजित गरेको छ ।

दुई मिलान क्लबको घर सान सिरोमा भएको खेलमा एसी मिलानले इन्टर मिलनलाई २-१ ले हराएको हो ।

एसी मिलानका लागि दुवै गोल इब्राहिमोभिकले गरेका थिए भने इन्टरका लागि रोमेलु लुकाकुले एक गोल गरेका थिए ।

खेलमा सबै गोल पहिलो हाफमा भएको थियो । एसी मिलानका लागि इब्राहिमोभिकले १३ र १६ औँ मिनेटमा दुई गोल गरेका थिए भने इन्टरका लागि लुकाकुले २९ औँ मिनेटमा गोल गरेका थिए ।

पहिलो हाफमा अग्रता सहित सकाएको एसी मिलानले दोस्रो हाफमा रक्षात्मक खेल देखाउदै इन्टरलाई गोल गर्न दिएको थिएन ।

इन्टरले भने पाएको मौकालाई सदुपयोग गर्न नसक्दा चार वर्ष पछि पहिलो पटक मिलान डर्बीमा हार बेहोर्नु परेको थियो ।

यस्तै अन्य खेलहरुमा नापोलीले एट्लान्टालाई ४-१ को बिशाल गोलअन्तरले हराएको छ ।

स्पेन

स्पेनिस ला लिगामा भने साविक बिजेता रियल म्याड्रिडले सिजनको पहिलो हार बेहोरेको छ ।

काडिजसँग भएको खेलमा १-० ले पराजित भएको पछि रियलले यस् सिजनको पहिलो हार बेहोर्नु परेको हो ।

रियलले पाएको कुनै मौकाको सदुपयोग गर्न सकेको थिएन । काडिजले भने १६ औँ मिनेटमा गोल गरेको थियो ।

काडिजका लागि एन्थोनी लोजानोले गोल गरेका थिए ।

दोस्रो हाफमा भने दुवै टोलीबाट गोल भएको थिएन । लोजानोको गोल निर्णायक बन्न पुग्दा काडिजले महत्वपूर्ण तीन अंक जोड्न सफल भएको हो ।

अर्को खेलमा बार्सिलोनालाई गेटाफेले १-० ले हराएको छ । पहिलो हाफ बराबरीमा सकिएको खेलमा निर्णायक गोल दोस्रो हाफमा भएको थियो ।

खेलको ५६ औँ मिनेटमा गेटाफेले पेनाल्टी मार्फत गोल गर्दै अग्रता लिएको थियो । गेटाफेका लागि जेमी माटाले गोल गरेका थिए  ।

हारसँगै बार्सिलोनाले सिजनको पहिलो पराजय बेहोरेको छ ।

जर्मनी

जर्मन बुन्डेसलिगामा भने बायर्न म्युनिखले नव प्रवेशी अर्मिनिया ४-१ गोलए हराएको छ ।

बायर्नका लागि थोमस मुलर र रोबर्ट लेवनडस्कीले दुई-दुई गोल गरेका थिए भने अर्मिनिया लागि रिस्टु डोएनले एक गोल गरेका थिए ।

बायर्नले चार मद्धे तीन गोल पहिलो हाफमा गरेको थियो । बायर्नका लागि पहिलो हाफको ८ औँ मिनेटमा मुलरले गोल गरेका थिए भने २५ र इन्जुरी समयमा रोबर्ट लेवनडस्कीले गोल गरेका थिए ।

दोस्रो हाफमा भने बायर्नले अर्को गोल गरेको थियो । ५१ औँ मिनेटमा मुलरले बायर्नका लागि चौथोँ गोल गरेका थिए ।

अर्मिनियाका लागि भने दोस्रो हाफको ५८ औँ मिनेटमा डोएनले गोल गरेका थिए ।

बायर्नको यो सिजन बुन्डेसलिगामा तेस्रो जित हो ।

यस्तै अन्य खेलहरुमा बुरुसिया डर्टमण्डले होफेनहमलाई १-०, लेवरकुसनले मेन्जलाई १-० र आरबी लाइपजिगले औसबर्गलाई २-० ले हराएको छ ।

Click to comment

Trending