Headline

स्टेर्लिङको गोल निर्णयक बन्न पुग्दा आर्सनल पराजित

Published

on

पहिलो हाफमा रहिम स्टेर्लिङले गरेको गोल निर्णायक बन्न पुग्दा म्यानचेस्टर सिटीले प्रिमियर लिगमा आर्सनललाई हराउदै आफ्नो दोस्रो जित निकलेको छ ।

इतिहाद रंगशालामा भएको खेलमा सिटीले आर्सनललाई १-० गोलले हराएको हो ।

खेलमा सिटीका लागि पहिलो हाफको २३ औँ मिनेटमा स्टेर्लिङले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० गोलले अग्रता लिएको सिटीले केही मौका हरु गुमाउदा दोस्रो गोल गर्न चुकेको थियो ।

दोस्रो हाफमा भने सिटी भन्दा आर्सनल केही लयमा देखिन्थ्यो ।

केही उत्कृष्ट मौका हरु बनाए पनि आर्सनलले भने खेल बराबरी गर्न सकेको थिएन ।

प्रिमियर लिगमा चौथोँ खेल खेलेको सिटीको यो दोस्रो जित हो । आर्सनलले भने पाँच खेलमा दुई हार र तीन जित निकालेको छ ।

 

Click to comment

Trending