Headline

अग्रता जोगाउन नसक्दा साउथह्याम्प्टनसँग बराबरीमा रोकियो चेल्सी

Published

on

टिमो वर्नरले दुई र काइ ह्वाभर्ट्ज एक गोल गरे पनि अग्रता जोगाउन नसक्दा चेल्सी साउथह्याप्टनसँग ३-३ को बराबरीमा रोकिएको छ । साउथह्याप्टनका लागि ड्यानी इङ्स,चे एडम्स र जानिक भेस्टरगार्डले गोल गरेका थिए ।

पहिलो हाफमा दुई गोलको अग्रता लिएको चेल्सीका लागि १५ औँ र २८ औँ मिनेटमा टिमो वर्नरले गोल गरेका थिए । साउथह्याप्टनका लागि भने ड्यानी इङ्सले पहिलो हाफको ४३ औँ मिनेटमा एक गोल फर्काउदै टोलीलाई केही आशा देखाएका थिए ।

दोस्रो हाफमा भने साउथह्याम्प्टनले उत्कृष्ट कम्ब्याक गरेको थियो । ५७ औँ मिनेटमा साउथह्याम्टनका लागि चे एडम्सले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए । त्यस्को दुई मिनेट पनि नबित्दै चेल्सीका लागि काइ ह्वाभर्ट्जले गोल गर्दै खेल ३-२ को स्थितीमा ल्याएका थिए ।

तर ९० मिनेट पछि थपिएको इन्जुरी समयमा भने साउथह्याप्टनका लागि जानिक भेस्टरगार्डले गोल गर्दै खेल ३-३ को बराबरीमा ल्याएका थिए ।

खेलसँगै चेल्सीले यस सिजन दुई बराबरी,दुई जित र एक हारको समाना गरेको छ ।

आजै हुने अन्य खेलमा म्यानचेस्टर सिटी ले आर्सनल र म्यानचेस्टर युनाइटेडले न्युकासल युनाइटेडको समाना गर्दै छ

Click to comment

Trending