IPL

चेन्नाई पहिले ब्याटिङ गर्दै, नवौं खेलमा पनि सन्दिप बेञ्चमा नै 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो नवौं खेलमा चेन्नाई सुपर किंग्सले दिल्ली क्यापिटल्स विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । चेन्नाईका कप्तान महेन्द्र सिंह धोनीले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

आजको खेलमा चेन्नाईले एक परिवर्तन गरेको छ । चेन्नाईले पियुष चावलाको स्थानमा केदार जाधवलाई सुरुवाती ११ मा स्थान दिएको छ । दिल्लीले भने आज आफ्नो टोलीमा कुनै पनि परिवर्तन गरेको छैन ।

समान ८-८ खेल खेलेका दिल्ली र चेन्नाई अंक तालिकामा क्रमश दोश्रो र छैठौं स्थानमा रहेका छन् । आठ खेलमा दिल्लीको छ मा जित तथा दुईमा हार व्यहोर्दै १२ अंक रहेको छ भने तीन जित र पाँच हारका साथ चेन्नाईको छ अंक मात्र रहेको छ ।

यस अघि भएको पहिलो लेगमा दिल्लीले चेन्नईलाई ४४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । ओपनर पृथ्वी शको अर्धशतकमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभर खेल्दै तीन विकेटको नोक्सानीमा १७५ रन बनायो भने जवाफी ब्याटिङ गरेको चेन्नाईले पुरै २० ओभर खेले पनि सात विकेटको नोक्सानीमा मात्र १३१ रन बनाउन सक्यो ।

Click to comment

Trending