Headline

लिभरपुल बराबरीमा रोकिदा काल्भर्ट लेविन नायक

Published

on

प्रिमियर लिगमा आज भएको मर्सीसाइड डर्बीमा लिभरपुल र एवर्टनले २-२ गोलको बराबरी खेलेका छन् ।

खेलमा पहिलो गोल लिभरपुलका लागि साडियो मानेले गरेका थिए । खेल सुरु भएको तेस्रो मिनेटमै लिभरपुललाई मानेले गोल गर्दै अग्रता दिलाएका थिए ।

तर १९ औँ मिनेटमा भने एवर्टनले बराबरी गोल फर्काएको थियो । एवर्टनका लागि मिचेल किएनेले हेडिङ गोल गर्दै खेल १-१ को बाराबरीमा ल्याएका थिए ।

पहिलो हाफ १-१ गोलको बाराबरीमा सकिदा दोस्रो हाफमा भने लिभरपुलले अर्को गोल गरेका थिए । लिभरपुलका लागि महम्मद सलाहले ७२ औँ मिनेटमा गोल गर्दै खेल २-१ को स्थितीमा पुराएका थिए तर ८१ औँ मिनेटमा एवर्टनका लागि डोमिनिक काल्भर्ट लेविनले बाराबरी गोल गरेका थिए ।

खेलमा ९० औँ मिनेटमा एवर्टनका रिचार्लीसनले रातो कार्ड खाँदै मैदन बहिर गएका थिए ।

आजको खेलसँगै एवर्टनले लगातार पाँच खेलमा अपराजित रहेका छन् । लिभरपुलले भने लगतार दोस्रो खेलमा तीन अंक लिन चुकेको छ ।

आजै हुने अर्को खेलमा चेल्सी र साउथह्याप्टन, म्यानचेस्टर सिटी र आर्सनलसँग खेल्ने छ भने न्युकासलले म्यानचेस्टर युनाइटेडको समाना गर्ने छ ।

 

Click to comment

Trending