Headline

‘नेमार म्यानचेस्टर युनाइटेड विरुद्ध खेल्न तयार छन्’

Published

on

पेरिस सेन्ट जर्माइन(पिएसजी)का स्टार खेलाडी नेमारलाई च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड विरुद्धको खेल खेलाउने प्रशिक्षक थोमस टुचेलले बताएका छन् ।

नेमारलाई पिएसजीले फ्रेन्च लिग वानमा भएकको निमेस विरुद्धको खेलमा आरम दिएको थियो । पिएसजीले नेमारलाई निमेस विरुद्ध ४-० को जित हात पर्दा बेन्चमा सेमत राखेको थिएन ।

दक्षिण अमेरिकामा भएको २०२२ को विश्वकप छनोटमा पेरु विरुद्ध ह्याट्रिक गरेका नेमारले तीन दिन पछि निमेस विरुद्ध खेल्नु पर्ने थियो ।

प्रशिक्षक टुचेलले भने नेमारले थोरै दिनको अन्तरालमा तीन खेल खेलेका कारण उनलाई बिश्राम दिएका थिए ।

“नेमारलाई कुनै समस्या छैन, उनलाई मैले बसेर सम्झाएको छु जसरी मैले एम्बाप्पेलाई सम्झाएको थिए,” टुचेलले भने ।

टुचेलले नेमार म्यान्चेस्टर युनाइटेडको खेलको लागि भने तयार रहेको बताए ।

उनले भने,” म्यानचेस्टर युनाइटेड विरुद्धको खेलका लागि नेमार तयार छन् । उनले त्यो खेलका लागि अभ्यास पनि गर्ने छन,”

पिएसजीले च्याम्पियन्स लिग अन्तर्गत बिहीवार राती १२:४५ मा खेल्ने तालिका रहेको छ ।

Click to comment

Trending