Headline

बलात्कारको मुद्दाका कारण एक हप्ता नबित्दै रोबिन्होको सान्तोससँगको सम्झौता रद्द

Published

on

इटालीमा ७ बर्षअघि एक युवतीको बलात्कार आरोपमा जेल सजाय पाएका स्टार फुटबलर रोबिन्होले गरेको नयाँ सम्झौताका कारण ब्राजिलियन राष्ट्रिय फुटबल टोलीमै असर पर्ने दवाब सृजना भएपछि ब्राजिलको शिर्ष डिभिजनको टोली सान्तोस उनीसँग अलग्गिएको छ ।

रियल म्याड्रिड, म्यानचेस्टर सिटी र एसि मिलानका लागि खेल्नुअघि सान्तोसबाट व्यवसायिक करिअर शुरु गरेका एक समयका सबैभन्दा महँगा फुटबलर रोबिन्होले केही दिनअघि आफ्नो बाल्यकालको क्लबसँग फेरि ३६ महिनाको सम्झौता गरेका थिए । क्लबबिहिन रहेको ३६ बर्षिय रोबिन्होले २ सय ५० डलर प्रति महिना लिने सम्झौता गरेका हुन् ।

“इटालीमा चलिरहेको मुद्दाको डिफेन्समा रोबिन्हो केन्द्रित हुन सकुन भन्ने आधारमा सान्तोस फुटबल क्लब र रोबिन्हो आपसी सहमतिमै अक्टोबर १० मा गरिएको सम्झौता खारेज गर्न तयार भएको जानकारी गराउन चाहन्छौं,” सान्तोसले आफ्नो ट्विटरमा पोस्ट गरेको बिज्ञप्तिमा लेखेको छ ।

“दुखका साथ भन्न चाहन्छु की यो कठिन घडीमा मैले क्लबका अध्यक्षसँगको छलफलपछि सान्तोसमा मेरो सम्झौता रद्द गर्ने सामुहिक निर्णय लिएको छु । मेरो लक्ष्य भनेको सधै सान्तोसलाई मद्दत गर्ने रहदै आएको छ । यदि मेरो उपस्थितिले कुनै बाधा अड्चन लिएर आउछ भने क्लब छोड्दै आफ्नो व्यक्तिगत मुद्दाहरुमै केन्द्रित हुनु ठिक छ,” रोबिन्होले भने ।

रोबिन्होले सान्तोससँग सम्झौता गरेको समाचार बाहिर आए लगत्तै समर्थक, मिडिया र महिला अधिकारवादी समुहहरुले यसलाई रद्द गर्नका लागि दवाब दिदै आएका थिए । २०१७ मा इटालिको अदालतले रोबिन्हो २०१३ मा मिलानबाट खेल्दा २० बर्षिय युवतीको सामुहिक बलात्कारमा सहभागी भएको ठहर गर्दै ९ बर्षको जेल सजाय सुनाएको थियो ।

त्यस यता उनलाई इटालीमा भगौडा घोषित गरिएको छ । सान्तोसमा पुर्व महान फुटबलर पेलेको स्थान लिन सक्ने अपेक्षा गरिएका रोबिन्होले आफू निर्दोष रहेको बताउदै उक्त सुनुवाईको बिरुद्ध अपिल गर्ने बताउदै आएका छन् । तर स्पोन्सरहरुले उनी क्लबमा रहि रहने हो भने साथ छोड्ने धम्कि समेत दिएका छन् ।

ब्राजिलको ग्लोबो स्पोर्ट्स टेलिभिजनले भने इटालियन वकिलहरुले अदालतमा प्रस्तुत गरेको उनको रकेर्डिङ्ग समेत प्रशारण गर्दै आएको छ । रेकर्डिङ्गमा मिलानको एक नाइट क्लबमा भएको घट्नाबारे रोबिन्होले भनेका छन्ः “म (यो मुद्दामा) हासिरहेको छु किनभने मलाई मतलब छैन । उक्त महिला पूर्ण रुपमा रक्सीले मातिएकी थिइन् । के भइरहेको थियो उनलाई थाहा पनि थिएन ।”

अदालतको मुद्दा बिचारधीन रहेको भन्दै सान्तोसले यसअघि सम्म दवाब भने झेलिरहेको थियो । २००२ मा सान्तोसबाट करिअर शुरु गरेका रोबिन्हो २००५ मा रियल गएका थिए भने त्यसपछि म्यानचेस्टर सिटी र मिलानका लागि समेत खेलेका थिए ।

Click to comment

Trending