Headline

४८ घण्टामा दुई खेल खेल्दा पनि नथाकेका एमबाप्पे

Published

on

किलियन एमबाप्पेले ४८ घण्टामा आफ्नो दोश्रो प्रतिस्पर्धात्मक खेलमा कुनै थकान नरहेको साबित गर्दै पेरिस सेन्ट जर्माइन (पिएसजी) का लागि दुई गोल गरेका छन् ।

शुक्रबारको खेलमा एमबाप्पेले दुई गोल गर्दा पिएसजिले निम्सलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै फ्रेञ्च लिग वानको पहिलो स्थान कब्जा गर्यो । सेन्टरब्याक लोइक लान्द्रेलाई पहिलो हाफमै गुमाएको निम्समाथि सहज जित रच्ने क्रमामा एमबाप्पेले ३२ औं मिनेटमा पहिलो गोल गरेका थिए भने खेलको अन्त्यतिर दोश्रो गोल गरे ।

आलेसान्द्रो फ्लोरेन्जि र पाब्लो साराबियाले पिएसजीका लागि अन्य दुई गोल गरेका थिए । लगातार पाचौं जितपछि पिएसजीले गोल अन्तरको आधारमा रेनेसलाई दोश्रो स्थानमा धकेलेको हो । पिएसजी प्रशिक्षक थोमस टुचेल नेमारको फिटनेस देखेर अचम्ममा परेका थिए ।

“मैले किलियनसँग हिजो (बिहिवार) कुरा पनि गरेको थिए (कतै उ थाकेको छ कि भनेर) । उनले आफलाई निकै राम्रो महसुस भएको र खेल्नका लागि तयार रहेको बताएका थिए,” टुचेलले खेलपछि भने । उनी यस्ता खेलाडी हुन् जसले सधै फरक पार्न सक्छन् र निम्सबिरुद्धको खेलमा उनले त्यो गरेर पनि देखाए ।”

४८ घण्टा अघि मात्र नेमारले युएफा नेसन्स लिग अन्तर्गत क्रोएसियाबिरुद्ध जाग्रेबमा भएको खेलमा सहभागिता जनाउदै गोल समेत गरेका थिए । पिएसजीका अर्का स्टार ब्राजिलियन नेमार भने खेलका लागि उपस्थित थिएनन् ।

युरोपियन समय अनुसार बुधबार बिहान सक्किएको ब्राजिल र पेरुबीचको फिफा बिश्वकप छनोट खेलमा नेमारले ह्याट्रिक गरेका थिए र उनले शुक्रबारको खेलमा सहभागिता जनाउन नपाएका हुन् ।

Click to comment

Trending