IPL

कोलकाता माथि रोमान्चक जित हात पार्दै मुम्बई अंक तालिकाको शिर्ष स्थानमा

Published

on

ओपनर क्विन्टन डि ककको आक्रमक अर्धशतकमा कोलकाता माथि नाइट राईडर्स माथि आठ विकेटको सानदार जित हात पार्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

आठ खेलमा छ जित दर्ता गर्दै १२ अंकका साथ मुम्बई नेट रन रेटका आधारमा अंक तालिकाको शिर्ष स्थानमा पुगेको हो । दिल्लीकोको पनि समान १२ अंक नै रहेको छ । कोलकाताको आठौँ खेलमा यो चौथों हार हो र अंक तालिकाको चौथों स्थानमा रहेको छ ।

जितका लागि १४९ रनको सामान्य लक्ष्य लिएर ब्याटिङमा आएको मुम्बईले १६ दशमलब पाँच ओभर खेल्दै दुई विकेटको नोक्सानीमा जित दर्ता गरायो ।

मुम्बईको जितमा ओपनर डि ककले ४४ बल खेल्दै नौं चौका र तीन छक्काको मद्धतमा अविजित ७८ रन बनाए । उनले पहिलो विकेटका लागि ३५ रन बनाएका कप्तान रोहित शर्मासँग ९४ रनको तथा तेश्रो विकेटका लागि हार्दिक पान्ड्यासँग अविजित ३८ रनको साझेदारी गर्दै मुम्बईलाई सहज जित दिलाएका हुन् ।

पान्ड्या ११ बलमा २१ रन बनाउँदै अविजित रहे भने सुर्य कुमार यादवले पनि १० रनको पारी खेले ।

कोलकाताको तर्फबाट शिभम मावी र वरुण चक्रवर्थीले समान १-१ विकेट हात पारे ।

एक समय निकै दयनिय अवस्थामा रहेको अवस्थामा कप्तान ओइन मोर्गन र प्याट कमिन्सले नौं दशमलब दुई ओभरमा अविजित ८७ रनको साझेदारी गरे पछि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको कोलकाताले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १४८ रन मात्र बनाउन सक्यो ।

आफ्नो निर्णयलाई गलत सावित गराउँदै मुम्बईका बलरहरुलाई कोलकातालाई १० दशमलब चार ओभरमा ६१ रनमा पाँच विकेटको अवस्थामा खुम्चाए । तर आजको खेलमा पहिलो पटक कप्तानी गरेका मोर्गन र कमिन्सले उत्कृस्ट साझेदारी गर्दै कोलकाताको पारी सम्हाले । अविजित रहेका कमिन्स र मोर्गनले क्रमश ३६ बलमा पाँच चौका र दुई छक्का सहित ५३ रन तथा २९ बलमा समान २-२ चौका र छक्काको मद्धतमा ३९ रनको पारी खेले ।

तेश्रो ओभरको अन्तिम बलमा सात रन बनाएका ओपनर राहुल त्रिपाठीलाई गुमाएको कोलकाताका नितिश रानाले पनि पाँच रन भन्दा जोड्न सकेनन् । राहुल चाहारको पहिलो ओभरको तेश्रो बलमा चार रन बनाएका पुर्व कप्तान दिनेश कार्तिक र चौथों बलमा २३ बलमा २१ रन बनाएका ओपनर शुबमन गिल आउट हुँदा कोलकाता दबाबमा पर्यो । आक्रमक ब्याट्सम्यान आन्द्रे रसेल पनि नौं रन बनाउँदै जस्प्रित बुम्राको शिकार भए ।

किफायती बलिङ गर्दै चार ओभरमा १८ रन खर्चिएका राहुल चाहारले सर्वाधिक दुई विकेट लिए भने जस्प्रित बुम्राले पनि चार ओभरमा नै बलिङ गर्दै २२ रन खर्चिएर एक विकेट आफ्नो नाममा दर्ता गराए ।

मुम्बई अंक तालिकाको दोश्रो स्थानमा रहेको छ भने कोलकाता चौथों स्थानमा छ । समान ७-७ खेल खेलेका मुम्बई र कोलकाताले क्रमश पाँच र चार खेलमा जित हात पार्दा दुई र तीन खेलमा पराजित भएका छन् ।

यस अघि भएको पहिलो खेलमा मुम्बईले कोलकातालाई ४९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १९५ रन बनायो भने जवाफी ब्याटिङ गरेको कोलकाताले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा मात्र १४६ रन बनाउन सक्यो ।

यसै बीच आज मात्र लगातार फर्म खस्कदै गएपछि दिनेश कार्तिकले कोलाकाता नाइट राइडर्सको आफ्नो कप्तानी ओइन मोर्गनलाई सुम्पिएका छन् ।

दिनेश कार्तिकले ब्याटिङ्गमा केन्द्रित हुदै टिममा थप योगदान दिनका लागि ओइन मोर्गनलाई कप्तानी हस्तान्तरण गर्ने इच्छा रहेको व्यवस्थापनलाई जानकारी दिएका थिए ।

Click to comment

Trending