IPL

दयनिय सुरुवातका बाबजुद कोलकाताको मध्यम लक्ष्य

Published

on

एक समय निकै दयनिय अवस्थामा रहेको अवस्थामा कप्तान ओइन मोर्गन र प्याट कमिन्सले नौं दशमलब दुई ओभरमा अविजित ८७ रनको साझेदारी गरे पछि १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को ३२ औं खेलमा कोलकाता नाइट राईडर्सले मुम्बई इन्डियन्सलाई १४९ रनको सामान्य लक्ष्य दिएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको कोलकाताले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १४८ रन मात्र बनाउन सक्यो ।

आफ्नो निर्णयलाई गलत सावित गराउँदै मुम्बईका बलरहरुलाई कोलकातालाई १० दशमलब चार ओभरमा ६१ रनमा पाँच विकेटको अवस्थामा खुम्चाए । तर आजको खेलमा पहिलो पटक कप्तानी गरेका मोर्गन र कमिन्सले उत्कृस्ट साझेदारी गर्दै कोलकाताको पारी सम्हाले । अविजित रहेका कमिन्स र मोर्गनले क्रमश ३६ बलमा पाँच चौका र दुई छक्का सहित ५३ रन तथा २९ बलमा समान २-२ चौका र छक्काको मद्धतमा ३९ रनको पारी खेले ।

तेश्रो ओभरको अन्तिम बलमा सात रन बनाएका ओपनर राहुल त्रिपाठीलाई गुमाएको कोलकाताका नितिश रानाले पनि पाँच रन भन्दा जोड्न सकेनन् । राहुल चाहारको पहिलो ओभरको तेश्रो बलमा चार रन बनाएका पुर्व कप्तान दिनेश कार्तिक र चौथों बलमा २३ बलमा २१ रन बनाएका ओपनर शुबमन गिल आउट हुँदा कोलकाता दबाबमा पर्यो । आक्रमक ब्याट्सम्यान आन्द्रे रसेल पनि नौं रन बनाउँदै जस्प्रित बुम्राको शिकार भए ।

किफायती बलिङ गर्दै चार ओभरमा १८ रन खर्चिएका राहुल चाहारले सर्वाधिक दुई विकेट लिए भने जस्प्रित बुम्राले पनि चार ओभरमा नै बलिङ गर्दै २२ रन खर्चिएर एक विकेट आफ्नो नाममा दर्ता गराए ।

मुम्बई अंक तालिकाको दोश्रो स्थानमा रहेको छ भने कोलकाता चौथों स्थानमा छ । समान ७-७ खेल खेलेका मुम्बई र कोलकाताले क्रमश पाँच र चार खेलमा जित हात पार्दा दुई र तीन खेलमा पराजित भएका छन् ।

यस अघि भएको पहिलो खेलमा मुम्बईले कोलकातालाई ४९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १९५ रन बनायो भने जवाफी ब्याटिङ गरेको कोलकाताले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा मात्र १४६ रन बनाउन सक्यो ।

यसै बीच आज मात्र लगातार फर्म खस्कदै गएपछि दिनेश कार्तिकले कोलाकाता नाइट राइडर्सको आफ्नो कप्तानी ओइन मोर्गनलाई सुम्पिएका छन् ।

दिनेश कार्तिकले ब्याटिङ्गमा केन्द्रित हुदै टिममा थप योगदान दिनका लागि ओइन मोर्गनलाई कप्तानी हस्तान्तरण गर्ने इच्छा रहेको व्यवस्थापनलाई जानकारी दिएका थिए ।

Click to comment

Trending