Headline

अभिषेकको मोहम्मदेन आइ लिगका लागि छनोट

Published

on

शनिबार भएको खेलमा भवानीपुर फुटबल क्लबलाई २-० ले हराए पछि नेपाली राष्ट्रिय टोलीका फुटबलर अभिषेक रिजल खेल्ने क्लब मोहमदेन स्पोर्टिङ क्लब भारतीय फुटबलको दोस्रो डिभिजन आईलिगमा बढुवा भएको छ ।

कल्यानी रङ्गशालामा भएको दोस्रो कोलकाता डर्बी मानिने खेलमा भवानीपुरलाई हराउन मोहम्मदेनका लागि विङर च्याङ्ते र मिड्फिल्डर गनी भाईले गोल गरेका थिए ।

मोहम्मेदनका लाग्ती च्याङ्तेले पहिलो हाफको २७ औँ मिनेटमा गोल गरेका थिए भने दोस्रो हाफको ६७ औँ मिनेटमा गनीले अर्को गोल गर्दै खेल सहजै मोहम्मदेनको पक्षमा ल्याएका थिए ।

अघिल्लो खेलमा एआरए एफसीसँग दुई गोल गरेका अभिषेक रिजाल यो खेलमा भने ८० औँ मिनेटमा बेन्चबाट आएका थिए ।

बढुवासँगै अभिषेक आइ लिग खेल्नका लागि मोहम्मदेनमै बस्ने छन् ।

जितसँगै मोहम्मेडनको तीन खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा पकड बनाएको थियो । भवानीपुरको समान खेलबाट ६ अंक रहेको छ ।

अन्तिम खेलमा बेङलुरु युनाइटेडसंग हारेपनी ‘हेड टु हेड’ मा आधारमा मोहम्मदेन सन् २०२०–२१ आईलिगमा छनोट हुनेछ ।

 

 

Click to comment

Trending