Headline

मिलान डर्बी, क्रामरिच र बार्सिलोनाः युरोपको यो सप्ताहन्तको आकर्षण

Published

on

इटालिको प्रथम श्रेणीमा जुर्मुराएको एसी मिलान इन्टर मिलानलाई पराजित गर्दै डर्बीको राजा बन्ने दाउमा हुनेछ बायर्न म्युनिखलाई स्तब्ध पारेको होफेन्हाइम जर्मन बुन्डेसलिगामा अर्को ठूलो शिकारको लागि उत्रनेछ । स्पेनिस महारथी बार्सिलोना भने अधकल्चो ला लिगा खेलको लागि तयार भइरहदा युरोपियन फुटबलमा यो सप्ताहन्त के–के हेर्न लायक छन् त ?

होफेन्हाइमले अर्को स्तब्धपूर्ण नतिजा निकाल्न सक्ला ?

गत महिना च्याम्पियन्स लिग र बुन्डेसलिगा च्याम्पियन बायर्नलाई ४–१ ले हराउदै होफेन्हाइमले हेडलाइन बनायो । बायर्नका पुर्व बैकल्पिक प्रशिक्षक सेबाष्चियन होनेसले व्यवस्थापन गरेको होफेन्हाइम बोरुसिया डर्टमण्डबिरुद्ध पनि त्यस्तै नतिजा दोहोर्याउन चाहन्छ ।

होफेन्हाइम र डर्टमण्डले बुन्डेसलिगामा पहिलो तीन खेलबाट ६ अंक बटुलेका छन् र यो खेल युरोपका दुई उत्कृष्ट उदीयमान स्ट्राइकरहरुको भिडन्त वरिपरि घुम्नेछ ।
नर्वेजियन स्ट्राइकर एर्लिङ्ग हालान्ड डर्टमण्डको आक्रमणको मुटु बनिसकेका छन् र पछिल्लो पटक मैदानमा उत्रदा उनले फ्राइबर्गबिरुद्धको ४–० को जितमा दुई गोल गरेका थिए ।

तर बुन्डेसलिगामा अहिलेका सर्वाधिक गोलकर्ता भने होफेन्हाइमका आन्द्रेज क्रामरिच हुन् । उनले जर्मन कपमा पनि दुई गोल गरिसकेका छन् । अन्तर्राष्ट्रिय बिश्रामका दौराना क्रोएसियाका लागि खेल्दा पनि गोल गर्ने फर्ममै रहेका क्रामरिचले गत सिजनको अन्तिम दिन डर्टमण्डलाई ४–० ले ध्वस्त बनाउदा सबै गोल उनले नै गरेका थिए ।

के मेस्सीलाई बिश्राम दिइएला ?

अर्जेन्टिनालाई बोलिभियाबिरुद्धको बिश्वकप छनोट खेलमा जित दिलाएपछि बार्सिलोनाले च्याम्पियन्स लिग अन्तर्गत फेरेंकभारोससँगको खेल अघि शनिबार बेञ्चमै राख्ने प्रबल सम्भावना रहेको देखिन्छ । बार्साले ला लिगामा शनिबार गेटाफेबिरुद्ध खेलिरहेको छ ।

अर्को सप्ताहन्तमा सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडको सामना गर्न गइरहेका प्रशिक्षक रोनाल्ड कोमनका लागि बिचमा गेटाफे बिरुद्धको खेल अधकल्चो रहनेछ । बार्साले शुरुवाती तीन खेलबाट ७ अंक बनाएको छ ।

रियलको चार खेलबाट १० अंक रहेको छ भने उसको लागि काडिजबिरुद्धको खेल त्यति संघर्षपूर्ण नहुने आंकलन गरिएको छ ।

उच्च आत्मबिश्वास बोकेको एसि मिलान

जनवरी, २०१६ मा इन्टर मिलानलाई ३–० ले हराए यता एसि मिलान ८ डर्बि खेलमा जित हात पार्न असफल रहेको छ । एसि मिलान इन्टरसँग पछिल्लो चार खेलमै पराजित रहेको छ भने सात बर्षमा आफ्नो लोकल प्रतिद्वन्दीसँग एक पटक मात्र अंक तालिकामा माथि रहेको थियो ।

शनिबारको ‘डर्बि डेला मडोनिना’ अघि भने एसि मिलानले यस पटक भने पासा पल्टिने अपेक्षा गरेको छ । एन्टोनियो कोन्टे युभेन्टससँग अघिल्लो सिजन मात्र एक अंकले चुकेको थियो र यो सिजन पनि तीन खेलबाट ७ अंक बटुल्न सफल भइसकेको छ । तर मिलान भने पहिलो तीन वटै खेल जित्दै अंक तालिकामा एट्लान्टासँगै संयुक्त पहिलो स्थानमा रहेको छ ।

शनिबारको खेलका लागि कोरोनको संक्रमणबाट मुक्त भइसकेको स्ट्राइकर ज्लाटन इब्राहिमोभिचको साथ मिलानलाई हुनेछ । इन्टरले ट्रान्सफरमा राम्रो गर्दै टिम बलियो बनाएपनि हामीले उसँगको दुरीलाई कम गरिसकेको छौ । अब हामीले मैदानमा यसलाई साबित गर्न मात्र बाकी छ, इन्टरका गोलकिपर जियनलुइजी डोनारुमा भन्छन् ।

पुनरागमनको अपेक्षमा नापोली

युभेन्टससँगको खेल नखेलेको कारण तीन अंक गुमाउन पुगेको जेनारो गाट्टुसोको नापोली एट्लान्टाबिरुद्धको खेलबाट पुनरागमन गर्ने अपेक्षामा रहनेछ । अन्तर्राष्ट्रिय बिश्रामअघि दुई कोरोना भाइरसको केस अगाडी आएपछि स्थानीय स्वास्थ्य अधिकारीहरुको निर्देशनमा नापोलीले युभेन्टसको भ्रमण नगर्दै आइसोलेसनमा बसेको थियो ।

फलस्वरुप नापोलीलाई ३–० ले खेल हारेको कारवाही गरियो र युभेन्टसलाई तीन अंक दिइएको थियो । सिजनको पहिलो दुई खेल आरामले जितेको नापोलीका लागि यो ठूलो झड्का थियो ।

कठिन समयको सामना गरिरहेको नापोलीका लागि अब बलियो एट्लान्टालाई पन्छाउनु पर्ने चुनौति छ । एट्लान्टा नापोली गइरहेको छ तर शुरुवातका लगातार तीन खेल जितेको कारण उसको मनोबल भने उच्च छ । गत सिजनदेखि नै उत्कृष्ट खेल पस्कदै आएको एट्लान्टाले यो सिजन तीन खेलबाट १३ गोल गरिसकेको छ ।

पोर्चुगिज एल क्लासिको

पोर्चुगलको घरेलु सिजनको पहिलो एल क्लासिकोमा शनिबार स्पोर्टिङ्ग र पोर्टो भिड्दैछन् तर यसको असली बिजेता भने बेन्फिका हुनेछ । बेन्फिका दुई परस्पर प्रतिद्वन्दी भन्दा तीन अंक अगाडी रहेको छ र कुनै पनि नतिजाले उसलाई फाइदा नै गर्नेछ ।

स्पोर्टिङ्ग कुनै समय क्रिष्चियानो रोनाल्डो र ब्रुनो फर्नान्डेज खेलेको क्लब होला तर २००२ देखि घरेलु उपाधि जित्न असफल रहेको उसले पोर्टोलाई पछिल्लो चार बर्षमा हराउन सकेको छैन ।

ट्रान्सफर डेडलाइनको दिन फुल ब्याक एलेक्स टेलेसलाई म्यानचेस्टर युनाइटेडमा बेचेको पोर्टोको ध्यान अब आउने च्याम्पियन्स लिगको म्याचेस्टर सिटीबिरुद्धको खेलमा रहेकोले यो स्पोर्टिङ्गका लागि जित हात पार्ने सबैभन्दा उपयुक्त समय हुनेछ ।

Click to comment

Trending