Headline

फर्म खस्कदै जादा कार्तिकले मोर्गनलाई कप्तानी सुम्पिए

Published

on

लगातार फर्म खस्कदै गएपछि दिनेश कार्तिकले कोलाकाता नाइट राइडर्सको आफ्नो कप्तानी ओइन मोर्गनलाई सुम्पिएका छन् ।

कार्तिकले जारी इण्डियन प्रिमियर लिगमा मात्र १ सय ८ रन बनाएका छन् जसमा एक अद्र्धशतक रहेको छ । उनले मुम्बई इण्डियन्सबिरुद्ध शुक्रबारको खेलअघि इङ्गल्याण्ड एकदिवसीय कप्तान मोर्गनलाई कप्तानी सुम्पिएका हुन् ।

७ खेलमा तीनमा पराजय बेहोरेको दुई पटकको बिजेता कोलकाता अंक तालिकामा ८ अंक सहित चौथो स्थानमा रहेको छ भने शुक्रबारको खेल उसको लागि निकै महत्वपूर्ण रहेको छ ।

दिनेश कार्तिकले ब्याटिङ्गमा केन्द्रित हुदै टिममा थप योगदान दिनका लागि ओइन मोर्गनलाई कप्तानी हस्तान्तरण गर्ने इच्छा रहेको व्यवस्थापनलाई जानकारी दिएका छन्, कोलकाताले एक बिज्ञप्तिमा लेखेको छ ।

Click to comment

Trending