Headline

बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्न राष्ट्रिय फुटबल टोलीलाई अनुमति

Published

on

२०२२ विश्वकप छनोट अन्तर्गत १० महिना अघि भएको कुवेतसँगको खेल पछि नेपाली राष्ट्रिय टोलीले पहिलो पटक बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्न लागेको छ ।

एन्फाले राखेको प्रस्तावलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मैत्रीपूर्ण खेलका लागि अनुमति दिएपछि मैत्रीपूर्ण खेलको टुंगो लागेको हो ।

कोरोना भाईरसका कारण नेपालमा सम्पूर्ण खेलकुद गतिविधीहरु बन्द रहेको अवस्थामा एन्फाले राखेपलाई मैत्रीपूर्ण खेलका लागि अनुमती मागेको थियो ।

खेल बंगलादेशमा हुने छ । नेपाली टोलीले दसैं पछी अभ्यास थाल्ने छ भने तिहार सकिए पछी मैत्रिपूर्ण खेल खेल्नका लागि बंगलादेश प्रस्थान गर्ने कार्यक्रम रहेको एन्फाका एक अधिकारीले बताए ।

यो पनि पढ्नुहोस्:खेलाडीलाई कति दिनसम्म थुनेर राख्ने सरकार ?

यसअघि अखिल नेपाल फूटबल संघ ( एन्फा) ले साउनमा विश्वकप छनोटका खेलका लागि राष्ट्रिय टोलीको अभ्यास सुरु गर्ने तयारी गरेको समयमा एसियन फुटबल महासंघले सबै छनोट चरणहरु २०२१ का लागि स्थगित गरे पछि खेलाडीहरु घर फर्किन बध्य भएका थिए ।

अन्य दक्षिण एसियाली देशहरुमा फुटबलका लिगहरु सुरु भैसक्दा एन्फालाई नेपालमा फुटबल चलायमान बनाउन केही दवाव परेको थियो ।

Click to comment

Trending