Headline

‘नेमार फुटबलका जोकर हुन्’

Published

on

पेरुका डिफेन्डर कर्लोस जाम्ब्रानोले नेमारको व्यवहारको कडा आलोचना गर्दै ब्राजिलियन स्टारलाई “जोकर” भनेका छन् ।

नेमरले केही दिन अघि मात्रै विश्वकप छनोट चरण अन्तर्गत पेरु विरुद्ध भएको खेलमा ब्राजिलले पेरुलाई ४-२ ले हराउदा ह्याट्रिक गरेका थिए ।

दुई पेनाल्टीको मद्धतले ह्याट्रिक पुरा गरेका नेमारले रोनाल्डोको कृतिमानलाई तोड्दै ब्राजिलका लागि सर्वधिक गोल गर्ने खेलाडीको सुचीमा दोस्रो स्थानमा उक्लिएका थिए ।

जाम्ब्रानोलाई त्यस खेलको अन्तिममा रेफ्रीले रातो कार्ड देखाए पछि उनले मैदान छोड्नु परेको थियो ।

अर्जेन्टाइन क्लब बोका जुनियरका खेलाडी जाम्ब्रानोले पेरिस सेन्ट जर्माइनका विङर नेमारको आलोचना गर्दै उनी फुटबलका लागि जोकर भएको बताएका छन् ।

“उ एउटा महान खेलाडी होलान् वा एउटा सर्वश्रेष्ठ खेलाडी नै तर उनी मेरो नजरमा फुटबलको जोकर हुन्,” जाम्ब्रानोले भने ।

“उस्ले मैदानमा गरेका सबै कुरा बारे उ सचेत छ, उ महान खेलाडी पनि हो तर सानो सानो फाउल खोज्दै उनी आफ्नो मुर्खता देखाउछन्,”

“हामीसँग भएको खेलमा उनले डिबक्स क्षेत्रमा चार वा पाँच पटक डाइभ हानेका थिए । बिपक्षी खेलाडीसँग ठोकिदै पेनाल्टी माग्ने चलान उनको पुरानो हो र उनले पेरुसँग नि त्यही गरे र अन्तिममा दुई पेनाल्टीका साथ आफ्नो गोल गरे । उनी फुटबलका जोकर हुन्, धेरै नाटक गर्छन्,”

जाम्ब्रानोले थपे,”ब्राजिल भएकै कारण रेफ्रीहरुले पनि धेरै मद्दत गर्छन्,कोही खेलाडी डिबक्समा सुते पनि रेफ्रीहरु भिएआर हेर्न पुगिसकेका हुन्छन् र उस्तै परे पेनाल्टी पनि दिन बेर लाउदैनन्”

नेमारले पेरुसँग भएको खेलमा रोनाल्डोको ६२ गोललाई पछि पर्दै ब्राजिलका लागि दोस्रो सर्वधिक गोलकर्ता भए पनि उनले पेनाल्टीको लागि मागेका फाउलहरुका लागि आलोचित हुँदै आएका छन् ।

 

Click to comment

Trending