IPL

अन्तिम बलमा छक्का प्रहार गरे पछि पन्जाबको रोमान्चक जित 

Published

on

केएल राहुल र क्रिस गेलको अर्धशतक तथा निकोलस पुरनले अन्तिम बलमा छक्का प्रहार गरेसंगै इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो दोश्रो लेगको पहिलो खेलमा किंग्स ११ पन्जाबले रोयल च्यालेन्जर्स बेंगलोरलाई आठ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

यस सिजनको बेंगलोर विरुद्धको पहिलो खेलमा पन्जाबले बेंगलोरलाई ९७ रनको फराकिलो अन्तरले परजित्त गरेको थियो । आजको जित पन्जाबको यो सिजनको दोश्रो जित हो । आठ खेल खेलेको बेंगलोरको यो तेश्रो हार हो भने पन्जाबको दोश्रो जित हो ।

जितका लागि १७२ रनको लक्ष्य लिएर ब्याटिङमा आएको पन्जाबले पुरै २० ओभर खेल्दै दुई विकेटको नोक्सानीमा जित हात पारेको हो ।

पन्जाबको जितमा अविजित रहेका कप्तान केएल राहुलले ४९ बल खेल्दै एक चौका र पाँच छक्काको मद्धतमा सर्वाधिक ६१ रन बनाए भने क्रिस गेलले पनि एक चौका र पाँच छक्का प्रहार गर्दै ४५ बलमा ५३ रनको पारी खेले । उनीहरुले दोश्रो विकेटका लागि ७१ बलमा ९३ रनको साझेदारी गरे । अन्तिम दुई बलमा जितका लागि दुई बलमा एक रन आवस्यक रहेको अवस्थामा गेल रन आउट हुन पुगे ।

पारीको अन्तिम बलमा जितका लागि एक रन अवस्यक रहेको अवस्थामा क्रिजमा आएका निकोलस पुरनले छक्का प्रहार गर्दै पन्जाबलाई रोमान्चक जित दिलाए ।

अर्का ओपनर मायंक अगरवालले युज्बेन्द्र चाहालको बलमा बोल्ड हुनु अघि तुफानी पारी खेल्दै २५ बलमा चार चौका र तीन छक्काको मद्धतमा ४५ रन बनाए । उनले पहिलो विकेटका लागि कप्तान राहुलसँग मिलेर सात दशमलब छ ओभरमा ७८ रन जोड्दै पन्जाबलाई उत्कृस्ट सुरुवात दिए ।

यस अघि शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको बेंगलोरले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १७१ रन बनाउन सक्यो ।

बेंगलोरको तर्फबाट कप्तान बिराट कोहलीले ३९ बल खेल्दै सर्वाधिक ४८ रन बनाए भने शौरभ दुबे २३, आरोन फ़िञ्च २०, देवदत्त पडिकल १८, वाशिंगटन सुन्दर १३ रनमा आउट भए । एबी डि भिलियर्सले दुई रन भन्दा जोड्न सकेनन् ।

अविजित रहेका क्रिस मोरिस र इशरु उडानाले क्रमश आठ बलमा २५ रन तथा पाँच बलमा १० रनको योगदान दिए । उनीहरुले अन्तिम १३ बलमा ३५ रन जोडे भने अन्तिम ओभरमा २४ रन प्रहार गरे ।

बेंगलोरलाई रोक्ने क्रममा पन्जाबका मोहम्मद शामी र मुरुगन अश्विनले समान २-२ विकेट हात पारे भने अर्शदिप र क्रिस जोर्डनले पनि आफ्नो नाममा १-१ विकेट लेखाउन सफल भए ।

Click to comment

Trending