IPL

मोरिस र उडानाले अन्तिम १३ बलमा ३५ रन जोडे बेंगलोर प्रतिष्पर्धात्मक लक्ष्य

Published

on

क्रिस मोरिस र इशरू उडानाले अन्तिम १३ बलमा ३५ रन जोडे पछि इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो दोश्रो लेगको आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले किंग्स ११ पन्जाबलाई १७२ रनको लक्ष्य दिएको छ ।

शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको बेंगलोरले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १७१ रन बनाउन सक्यो ।

बेंगलोरको तर्फबाट कप्तान बिराट कोहलीले ३९ बल खेल्दै सर्वाधिक ४८ रन बनाए भने शौरभ दुबे २३, आरोन फ़िञ्च २०, देवदत्त पडिकल १८, वाशिंगटन सुन्दर १३ रनमा आउट भए । एबी डि भिलियर्सले दुई रन भन्दा जोड्न सकेनन् ।

अविजित रहेका क्रिस मोरिस र इशरु उडानाले क्रमश आठ बलमा २५ रन तथा पाँच बलमा १० रनको योगदान दिए । उनीहरुले अन्तिम १३ बलमा ३५ रन जोडे भने अन्तिम ओभरमा २४ रन प्रहार गरे ।

बेंगलोरलाई रोक्ने क्रममा पन्जाबका मोहम्मद शामी र मुरुगन अश्विनले समान २-२ विकेट हात पारे भने अर्शदिप र क्रिस जोर्डनले पनि आफ्नो नाममा १-१ विकेट लेखाउन सफल भए ।

बेंगलोरले आज आफ्नो टोलीमा कुनै पनि परिवर्तन गरेको छैन भने पन्जाबले तीन परिवर्तन गरेको छ । यस सिजन अघिल्ला खेलहरुमा टोलीमा नपरेका विस्फोटक ब्याट्सम्यान क्रिस गेल आजको खेलमा सुरुवाती ११ मा स्थान बनाउन सफल भएका छन् । पन्जाबले

गेललाई मुजिब उर रहमानको स्थानमा सुरुवाती ११ मा समावेस गरेको हो ।

यस सिजन आफुले खेलेका सात खेल मध्य पन्जाबले एक खेल मात्र जित्न सकेको छ । त्यो पनि बेंगलोरलाई ९७ रनको फराकिलो अन्तरले परजित्त गरेको थियो ।

सात खेल मध्य पाँचमा जित निकालेको बेंगलोर अंक तालिकाको तेश्रो स्थानमा रहेको छ । एक खेल बढी खेलेको दिल्ली १२ अंक सहित पहिलो स्थानमा छ भने सामना १० अंक रहे पनि मुम्बईले नेट रन रेटका आधारमा दोश्रो स्थानमा पकड जमाउन सकेको हो । पन्जाब भने दुई अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ ।

यस अघिको खेलमा जितका लागि पन्जाबले दिएको २०७ रनको विशाल लक्ष्य पक्ष्याएको बेंगलोरले १७ ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र १०९ रन बनाउन सक्यो ।

अघिल्लो खेलमा पन्जाबको जितमा पन्जाबका बलरहरु रवि विस्नोई र मुरुगन अश्विनले समान ३-३ विकेट लिए भने शेल्डन कोट्रेल पनि सुरुवाती २ विकेट हात पारे । त्यस्तै मोहम्मद शामी, मुरुगन अश्विन र ग्लेन म्याक्सवेलले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै तीन विकेटको क्षतीमा २०६ रन बनायो ।

पन्जाबको तर्फबाट ओपनिङमा ब्याटिङ गर्न आएका कप्तान केएल राहुलले अविजित रहँदै सर्वाधिक १३२ रन बनाए । आईपीएलमा राहुलको यो दोश्रो शतक हो । ६९ बलको सामना गरेका राहुलले १४ चौका र सात छक्का प्रहार गरे । राहुलले बेंगलोरको लागि १९ औं ओभर लिएर आएका डेल स्टेनको ओभरमा तीन छक्का र दुई चौका सहित २६ रन प्रहार गरे भने पारीको अन्तिम तीन बलमा सौरब दुबेको बलमा एक चौका र दुई छक्का प्रहार गरे ।

राहुलले आईपीएलमा दुई हजार रन पुरा गर्दै सचिन तेन्दुलकरको नाममा रहेको किर्तिमान पनि भंग गरेका थिए । राहुलले यस अघि सचिनको नाममा रहेको तिब्र दुई हजार रन प्रहार भारतीय खेलाडीको किर्तिमान आफ्नो नाममा लेखाएका थिए । सचिनले आईपीएलको ६३ खेलमा दुई हजार रन पुरा गरेका थिए भने राहुलले मात्र ६० खेलमा दुई हजार रन पुरा गरेका थिए ।

Click to comment

Trending