IPL

आईपीएलको मिड सिजन ट्रान्सफरको बारेमा सन्दिपको खुलाशा 

Published

on

यस पटकको संस्करणमा इन्डियन प्रिमियर लिग (आईपीएल) आयोजकले नयाँ नियम सुरु गरेका छन्, मिड सिजन ट्रान्सफर । सात खेल पछाडी, अर्थात् पहिलो लेगको खेलको समाप्ती पछाडी पाँच दिनका लागि कुनै पनि टोलीले अर्को टोलीको खेलाडीलाई आफ्नो टोलीमा अनुबन्ध गर्न पाउँछ ।

एउटा टोलीले अर्को टोलीको खेलाडी किन्दा उसले सात मध्ये दुई खेल भन्दा धेरै खेलेको हुन हुँदैन ।

दिल्लीले यस सिजन आठ खेल खेली सक्दा पनि नेपाली लेग स्पिनर सन्दिप लामिछानेले एक खेलमा पनि खेल्ने मौका पाएका छैनन् । सन्दिप सन् २०१८ को सिजनमा दिल्लीमा तीन सिजनका लागि आबद्ध भएका थिए । उनको दिल्लीसँगको सम्झौता यसै सिजनको अन्त्यसँगै सकिनेछ ।

आईपीएलमा मिड सिजन ट्रान्सफरको कुरा उठे देखि नै सन्दिपले खेल्ने मौका नपाएका कारण उनले टोली परिवर्तन गर्ने बारेमा नेपाली समर्थकहरु माझ चर्चा र बहस सुरु भएको छ । सन्दिपले यसै सिजनमा अन्य टोलीमा जाने सम्भावना छ कि छैन त ? यस बारेमा सन्दिपले युएईबाट क्रिकेटिङनेपाल र विस्पोर्टजसँग कुरा गर्दै खुलाशा गरेका छन् ।

सन्दिपले दिल्ली छाडेर अन्य टोलीमा जाने बारेमा केहि पनि नसोचेको बताएका छन् । उनले भने ‘मैलें दिल्ली छाडेर अन्य टोलीसँग आबद्ध हुने बारेमा केहि पनि सोचेको छैन । त्यसैले गर्दा पनि म यो विषयमा धेरै जानकार छैन ।’

‘यसमा कुनै पनि फ्रेन्चाइजले मात्रै अथवा खेलाडीले चाहेर मात्र हुने कुरा हैन । सबैको कुरा मिल्न पर्छ । मैले यस विषयमा केहि पनि सोचेको छैन तथा दिल्ली छाडेर अन्य टोलीमा आबद्ध हुने पनि कुनै मनस्थिती बनाएको छैन । म शतप्रतिशत यो पुरै सिजन दिल्लीमा नै रहने छु ।’

‘मैलें आठ खेल मध्ये एक खेल पनि खेल्न पाएको छैन । तर यसमा म दुखी छैन र दुखी हुने कुरा पनि आउँदैन । क्रिकेट भनेको टिम गेम हो । हाम्रो टोलीले यस सिजन निकै राम्रो गरिरहेको छ र जित हात पार्दै अंक तालिकामा पहिलो स्थानमा रहेको छु । टोलीको जितमा नै म खुशी छु ।’

गत सिजन तेश्रो स्थान हात पारेको दिल्लीले यस सिजन आठ खेल खेल्दै छ मा जित दर्ता गराएको छ भने १२ अंकका साथ अंक तालिकाको पहिलो स्थानमा रहेको छ ।

Click to comment

Trending