IPL

पहिलो लेगको लज्जास्पद हारको बदला लिने दाउमा बेंगलोर पन्जाबको सामना गर्दै

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो दोश्रो लेगको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोर र किंग्स ११ पन्जाब भिड्दै छन् । शारजाह क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझा ७:४५ बजे सुरु हुनेछ ।

यस सिजन आफुले खेलेका सात खेल मध्य पन्जाबले एक खेल मात्र जित्न सकेको छ । त्यो पनि बेंगलोरलाई ९७ रनको फराकिलो अन्तरले परजित्त गरेको थियो ।

सात खेल मध्य पाँचमा जित निकालेको बेंगलोर अंक तालिकाको तेश्रो स्थानमा रहेको छ । एक खेल बढी खेलेको दिल्ली १२ अंक सहित पहिलो स्थानमा छ भने सामना १० अंक रहे पनि मुम्बईले नेट रन रेटका आधारमा दोश्रो स्थानमा पकड जमाउन सकेको हो । पन्जाब भने दुई अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ ।

यस अघिको खेलमा जितका लागि पन्जाबले दिएको २०७ रनको विशाल लक्ष्य पक्ष्याएको बेंगलोरले १७ ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र १०९ रन बनाउन सक्यो ।

अघिल्लो खेलमा पन्जाबको जितमा पन्जाबका बलरहरु रवि विस्नोई र मुरुगन अश्विनले समान ३-३ विकेट लिए भने शेल्डन कोट्रेल पनि सुरुवाती २ विकेट हात पारे । त्यस्तै मोहम्मद शामी, मुरुगन अश्विन र ग्लेन म्याक्सवेलले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै तीन विकेटको क्षतीमा २०६ रन बनायो ।

पन्जाबको तर्फबाट ओपनिङमा ब्याटिङ गर्न आएका कप्तान केएल राहुलले अविजित रहँदै सर्वाधिक १३२ रन बनाए । आईपीएलमा राहुलको यो दोश्रो शतक हो । ६९ बलको सामना गरेका राहुलले १४ चौका र सात छक्का प्रहार गरे । राहुलले बेंगलोरको लागि १९ औं ओभर लिएर आएका डेल स्टेनको ओभरमा तीन छक्का र दुई चौका सहित २६ रन प्रहार गरे भने पारीको अन्तिम तीन बलमा सौरब दुबेको बलमा एक चौका र दुई छक्का प्रहार गरे ।

राहुलले आईपीएलमा दुई हजार रन पुरा गर्दै सचिन तेन्दुलकरको नाममा रहेको किर्तिमान पनि भंग गरेका थिए । राहुलले यस अघि सचिनको नाममा रहेको तिब्र दुई हजार रन प्रहार भारतीय खेलाडीको किर्तिमान आफ्नो नाममा लेखाएका थिए । सचिनले आईपीएलको ६३ खेलमा दुई हजार रन पुरा गरेका थिए भने राहुलले मात्र ६० खेलमा दुई हजार रन पुरा गरेका थिए ।

Click to comment

Trending