Headline

‘रोनाल्डो नभएर केही फरक परेन’

Published

on

कोरोना भाईरस संक्रमणका कारण स्वीडेनसँग खेल गुमाएका स्टार खेलाडी क्रिष्चियानो रोनाल्डो टोलीमा नभए पनि केही फरक नपरेको म्यानचेस्टर युनाइटेड र पोर्चुगलका मिड्फिल्डर ब्रुनो फर्नानडेजले बताए ।

फ्रान्ससँगको खेल पछि गराइएको कोरोना भाईरस परिक्षणमा रोनाल्डोलाई संक्रमण भएको पुष्टी भएको थियो । रोनाल्डोको अवस्था समान्य रहेको र उनी अहिले आइसोलेसनमा रहेको पनि पोर्चुगल फुतबल संघले ट्वीट गर्दै बताएको छ ।

रोनाल्डोको उपस्थिती नभए पनि पोर्चुगलले स्वीडेनलाई ३-० ले हराएको थियो । पोर्चुगलका लागि डिएगो जोटाले दुई र बर्नार्डो सिल्भाले एक गोल गरेका थिए ।

“रोनाल्डो नभएर खासै फरक परेन, उनीसँग हामीले जस्तो तरिकाले खेल्थियौँ त्यसरी नै खेलेका थियौँ,” फर्नानडेजले भने ।

“जित नै सबै भन्दा ठुलो कुरा हो र हामी खुशी छौँ।”

पोर्चुगलले नेसन्स लिगमा आफ्नो बिजयी यात्रा कायम राख्ने क्रममा स्वीडेनलाई समुह चरणको दुई मद्धे दुवै खेलमा पराजित गरेको छ ।

बिहिबार भएको खेलमा ३-० ले पराजित गर्दै रोनाल्डोको स्थानमा खेल्दै दुई गोल गरेका जोटाले पनि रोनाल्डो नभएर खासै केही नभएको बताए ।

“सबै भन्दा राम्रो कुरा जित हो तर रोनाल्डो नभएर केही फरक परेन्,” जोटाले भने ।

“रोनाल्डोको स्थानमा खेल्दा पनि मलाई दवाव छैन । हामी ठुलो स्तरका खेलाडीहरु हौँ र खेलाडी भए पछि कसैको स्थानमा खेल्दा दवाव लिनु हुँदैन जस्तो मलाई लाग्छ।”

नेसन्स लिगको डिफेन्डिङ च्याम्पियन पोर्चुगल यो सिजन एउटा पनि खेलमा प्राजित भएको छैन ।

Click to comment

Trending