Headline

‘केही समय पर्खनुहोस्,हजार्ड रियलमा चम्किने छन्’

Published

on

रियल म्याड्रिड र बेल्जियमका गोलरक्षक थिबाउ कोर्टुवाले आफ्नो टोलीका साथी एडेन हजार्ड आफ्नो उत्कृष्ट फममा आउँदै रियलमा चम्किने बताएका छन् ।

हजार्डले यो सिजन रियलका लागि एन्कलमा लागेका चोटका कारण धेरै खेलहरु गुमाएका छन् ।

२०१९ मा ईंग्लिस क्लब चेल्सीबाट एक सय मिलियन पाउन्डमा स्पेनिस क्लब रियल म्याड्रिड पुगेका हजार्डले आफ्नो उत्कृष्ट लय भेट्टाउन सकेका छैनन् ।

तर बेल्जियम र रियल म्याड्रिडका उनका  साथी खेलाडी कोर्टुवाले भने हाजार्ड रियलका लागि चम्किन बाँकी रहेको बताएका छन् ।

“हजार्ड ? उनी खतरनाक खेलाडी हुन् । मलाई लाग्छ उनी रियलका लागि चम्किने छन् ।” कोर्टुवाले भने

“उनलाई खुट्टामा लगेको चोटले आफ्नो लय समाउन सकेका छैनन् । मैले उनलाई नजिकबाट चिनेको छु । आशा छ उसले सबैलाई गलत सावित गर्दै आफ्नो उत्कृष्ट खेल देखाउने छ,”

“उस्ले एन्कलमा चोट लाग्नु अघि केही खेल उत्कृष्ट खेलेको थियो तर उसलाई चोट लागे पछि भने त्यसबाट निस्किन सजिलो छैन ।” कोर्टुवाले भने ।

गएको सिजन रियलका लागि एक गोल मात्र गरेका  हजार्डलाई  धेरै संचार मध्यामहरुले रियल म्याड्रिडको ‘फ्लप साइनिङ’ को उपनाम दिदै आएको छ

 

Click to comment

Trending