Headline

इङ्ल्याण्ड डेनमार्कसँग पराजित,पोर्चुगल बिजयी

Published

on

नेसन्स लिग अन्तर्गत मंगलबार भएको इङ्ल्याण्ड डेनमार्कसँग १-० ले पराजित भएको छ ।

इङल्याण्डका कप्तान ह्यारी मग्वायरले ३१ औँ मिनेटमा रातो कार्ड खाँदै मैदान छोड्नु परेको थियो । खेलमा पहिलो गोल डेनमार्कका लागि पेनाल्टी मार्फत ३५ औँ मिनेटमा किष्चियन एरिकसनले गोल गरेका थिए ।

दोस्रो हाफमा पनि कुनै गोल हुन सकेको थिएन । एरिकसनको गोल निर्णायक बन्दा डेनमार्कले तीन अंक हात पारेको हो ।

यस्तै अर्को खेलमा पोर्चुगलले स्वीडेनलाई ३-० ले हराएको छ ।

पोर्चुगलका लागि डिएगो जोटाले दुई र बर्नार्डो सिल्भाले एक गोल गरेका थिए । पहिलो हाफमा पोर्चुगलले दुई गोल गरेको थियो ।

खेलमा पोर्चुगलका लागि पहिलो गोल २१ औँ मिनेटमा सिल्भाले गरेका थिए । यस्तै ४४ औँ मिनेटमा भने डिएगो जोटाले अर्को एक गोल थपेका थिए ।

पहिलो हाफमा २-० को आग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा भने अर्को एक गोल थपेको थियो । पोर्चुगलका लागि जोटाले ७२ औँ मिनेटमा गोल गर्दै खेल ३-० ले जिताएका थिए ।

अन्य खेलहरुमा फ्रान्सले क्रोएसियालाई २-१ ले पराजित गर्‍यो भने इटाली र नेदर्ल्याण्डस्ले भने १-१ को बराबरी खेलेका थिए ।

Click to comment

Trending