IPL

राजस्थान माथि रोमान्चक जित निकाल्दै दिल्ली अंक तालिकाको शिर्ष स्थानमा

Published

on

एक समय हार तर्फ उन्मुख भए पनि उत्कृस्ट पुनरागमन गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दोश्रो लेगको आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सला माथि १३ रनको रोमान्चक जित हात पारेको छ । यस जितसँगै आठ खेलमा १२ अंकका साथ दिल्ली अंक तालिकाको शिर्ष स्थानमा उक्लिन सफल भएको छ ।

जितका लागि १६२ रनको लक्ष्य लिएर ब्याटिङमा आएको राजस्थानले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा मात्र १४८ रन बनाउन सक्यो ।

राजस्थानका ओपनरद्वय जस बटलर र बेन स्टोक्सले पहिलो विकेटका लागि १८ बलमा ३७ रन जोड्दै तुफानी सुरुवात दिए । बटलरले नौं बलमा २२ रनको पारी खेले । त्यस पछि ब्याटिङमा आएका कप्तान स्टिभ स्मिथ एक रन बनाएर रविचन्द्रन अश्विनको बलमा कट एण्ड बोल्ड हुन पुगे ।

बटलर र स्मिथको विकेटको पतन पछि आक्रमक देखिएका स्टोक्स १० दशमलब दुई ओभरमा राजस्थानको ८६ रन रहेको अवस्थमा ३५ बलमा छ चौका सहित ४१ रन बनाए आउट भए पछि भने खेलमा दिल्ली हाबी हुन पुग्यो ।

सन्जु सामसन २५, रबिन उथप्पा ३२, रियान पराग र जोफ्रा आर्चर १-१ तथा श्रेयस गोपाल छ रन बनाएर पेभेलियन फर्किए पछि राजस्थान खेलमा हारको सामना गर्न बाध्य भयो । राहुल टेवाटिया १४ रनमा अविजित रहे पनि राजस्थानको लागि पर्याप्त रहेन ।

दिल्लीका एनरिच नोर्ट्जे र तुषार देशपाण्डे समान २-२ विकेट तथा कागिसो रबाडा, अक्सर पटेल र रविचन्द्रन अश्विनले सामना १-१ विकेट हात पारे । किफायती बालिङ गरेका अश्विनले चार ओभरमा मात्र १७ रन खर्चिए ।

यस अघि दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १६१ रन बनायो ।

दिल्लीको लागि ओपनर शिखर धवनले सर्वाधिक ५७ रन बनाए भने कप्तान श्रेयस ऐयरले पनि ५३ रनको पारी खेले । ३३ बलको सामना गरेका धवन छ चौका र दुई छक्का तथा ४३ बल खेलेका ऐयरले तीन चौका र दुई छक्का प्रहार गरे ।

आजको खेलमा दिल्लीले निकै खराब सुरुवात गर्यो । आफ्नो पारीको पहिलो बलमा नै ओपनर पृथ्वी श जोफ्रा आर्चरको बलमा बोल्ड हुँदै पेभेलियन फर्किए भने यस सिजन दोश्रो खेल खेलेका रहाने पनि तेश्रो ओभरमा आर्चरको नै शिकार हुँदा दिल्ली दुई दशमलब तीन ओभरमा दुई विकेटको नोक्सानीमा १० रनको अवस्थमा खुम्चिन पुग्यो ।

कप्तान ऐयर र धवनले दोश्रो विकेटका लागि ५७ बलमा ८५ रन जोड्दै दिल्लीको पारी सम्हाले । ११ दशमलब चार ओभरमा धवन श्रेयस गोपालको बलमा आउट भए भने मार्कस स्टोइनिशसँग चौथों विकेटका लागि ३७ रन जोडे पछि ऐयर पनि कार्तिक त्यागीको बलमा आउट हुँदै पेभेलियन फर्किए ।

स्टोइनिश पनि १८ रन बनाएर आर्चरको बलमा नै आउट भए भने एलेक्स करीले पनि १४ रन भन्दा जोड्न सकेनन् ।

किफायती बलिङ गरेका राजस्थानका जोफ्रा आर्चरले चार ओभर बलिङ गर्दै १९ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने जयदेव उनादकटले दुई तथा श्रेयस गोपाल र कार्तिक त्यागीले पनि आफ्नो नाममा १-१ विकेट दर्ता गराउन सफल भए ।

पहिलो लेगमा पनि दिल्लीले राजस्थान माथि ४६ रनको फराकिलो जित दर्ता गराएको थियो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १८४ रन बनायो । जवाफी ब्याटिङ गरेको राजस्थानले १९ दशमलब चार ओभरमा आफ्ना पुरै गुमाएर मात्र १३८ रन बनाउन सक्यो ।

दिल्लीको जितमा ब्याटिङ तर्फ शिम्रोन हेटमायरले ४५ र मार्कस स्टोइनिशले ३९ रन बनाए भने बलिङ तर्फ कागिसो रबाडाले तीन तथा रविचन्द्रन अश्विन र मार्कस स्टोइनिशले समान २-२ विकेट हात पारेका थिए ।

Click to comment

Trending