IPL

धवन र ऐयरको अर्धशतकमा दिल्लीको मध्यम योगफल 

Published

on

ओपनर शिखर धवन र कप्तान श्रेयस ऐयरको अर्धशतकको मद्धतमा इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दोश्रो लेगको आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १६२ रनको मध्यम लक्ष्य दिएको छ ।

दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १६१ रन बनायो ।

दिल्लीको लागि ओपनर शिखर धवनले सर्वाधिक ५७ रन बनाए भने कप्तान श्रेयस ऐयरले पनि ५३ रनको पारी खेले । ३३ बलको सामना गरेका धवन छ चौका र दुई छक्का तथा ४३ बल खेलेका ऐयरले तीन चौका र दुई छक्का प्रहार गरे ।

आजको खेलमा दिल्लीले निकै खराब सुरुवात गर्यो । आफ्नो पारीको पहिलो बलमा नै ओपनर पृथ्वी श जोफ्रा आर्चरको बलमा बोल्ड हुँदै पेभेलियन फर्किए भने यस सिजन दोश्रो खेल खेलेका रहाने पनि तेश्रो ओभरमा आर्चरको नै शिकार हुँदा दिल्ली दुई दशमलब तीन ओभरमा दुई विकेटको नोक्सानीमा १० रनको अवस्थमा खुम्चिन पुग्यो ।

कप्तान ऐयर र धवनले दोश्रो विकेटका लागि ५७ बलमा ८५ रन जोड्दै दिल्लीको पारी सम्हाले । ११ दशमलब चार ओभरमा धवन श्रेयस गोपालको बलमा आउट भए भने मार्कस स्टोइनिशसँग चौथों विकेटका लागि ३७ रन जोडे पछि ऐयर पनि कार्तिक त्यागीको बलमा आउट हुँदै पेभेलियन फर्किए ।

स्टोइनिश पनि १८ रन बनाएर आर्चरको बलमा नै आउट भए भने एलेक्स करीले पनि १४ रन भन्दा जोड्न सकेनन् ।

किफायती बलिङ गरेका राजस्थानका जोफ्रा आर्चरले चार ओभर बलिङ गर्दै १९ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने जयदेव उनादकटले दुई तथा श्रेयस गोपाल र कार्तिक त्यागीले पनि आफ्नो नाममा १-१ विकेट दर्ता गराउन सफल भए ।

दिल्लीले आजको खेलमा एक परिवर्तन गरेको छ । हर्षल पटेलको ठाउँमा तुषार देशपाण्डेले सुरुवाती ११ मा स्थान बनाएका छन् । राजस्थानले भने टोलीमा कुनै पनि परिवर्तन गरेको छैन ।

आजको खेलमा पनि दिल्लीले नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई खेल्ने मौका दिएको छैन । यस सिजन दिल्लीले पहिलो लेगमा सात खेल खेल्दा सन्दिपलाई सुरुवाती ११ मा मौका दिएको थिएन । अघिल्लो दुई सिजन अगाडी दिल्लीमा आबद्ध भएका सन्दिपले दुई सिजनमा गरेर मात्र नौं खेलमा खेल्ने मौका दिएको थियो जसमा सन्दिपले १३ विकेट आफ्नो नाममा लेखाउन सफल भएका थिए ।

गत सिजन तेश्रो स्थानमा चित्त बुझाएको दिल्लीले यस सिजनको पहिलो लेगमा उत्कृस्ट प्रदर्शन गरेको छ । आजको खेलमा जितको सिलसिला कायम राख्दै अंक तालिकामा पहिलो स्थान माथि पकड जमाउन चाहन्छ भने राजस्थान निकाल्दै अंक तालिकामा माथि उक्लन चाहन्छ ।

अंक तालिकामा दिल्ली अगाडीबाट दोश्रो र राजस्थान पछाडीबाट दोश्रो स्थानमा रहेको छ । सात खेल खेलेको दिल्लीको १० अंक रहेको छ भने सात खेलमा नै राजस्थानको छ अंक रहेको छ ।

मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोरको पनि समान १०-१० अंक नै रहे पनि नेट रन रेटका आधारमा मुम्बई पहिलो, दिल्ली दोश्रो र बेंगलोर तेश्रो स्थानमा रहेका छन् । त्यस्तै चेन्नाई सुपर किंग्सको पनि छ अंक नै भए पनि राजस्थान रन रेटका आधारमा सातौं स्थानमा रहन गरेको हो ।

पहिलो लेगमा दिल्लीले राजस्थान माथि ४६ रनको फराकिलो जित दर्ता गराएको थियो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १८४ रन बनायो । जवाफी ब्याटिङ गरेको राजस्थानले १९ दशमलब चार ओभरमा आफ्ना पुरै गुमाएर मात्र १३८ रन बनाउन सक्यो ।

दिल्लीको जितमा ब्याटिङ तर्फ शिम्रोन हेटमायरले ४५ र मार्कस स्टोइनिशले ३९ रन बनाए भने बलिङ तर्फ कागिसो रबाडाले तीन तथा रविचन्द्रन अश्विन र मार्कस स्टोइनिशले समान २-२ विकेट हात पारेका थिए ।

Click to comment

Trending