IPL

अंक तालिकाको दोश्रो स्थानको दिल्लीले सातौं स्थानको राजस्थानको सामना गर्दै

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दोश्रो लेगको आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सको सामना गर्दैछ । दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

गत सिजन तेश्रो स्थानमा चित्त बुझाएको दिल्लीले यस सिजनको पहिलो लेगमा उत्कृस्ट प्रदर्शन गरेको छ । आजको खेलमा जितको सिलसिला कायम राख्दै अंक तालिकामा पहिलो स्थान माथि पकड जमाउन चाहन्छ भने राजस्थान निकाल्दै अंक तालिकामा माथि उक्लन चाहन्छ ।

अंक तालिकामा दिल्ली अगाडीबाट दोश्रो र राजस्थान पछाडीबाट दोश्रो स्थानमा रहेको छ । सात खेल खेलेको दिल्लीको १० अंक रहेको छ भने सात खेलमा नै राजस्थानको छ अंक रहेको छ ।

मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोरको पनि समान १०-१० अंक नै रहे पनि नेट रन रेटका आधारमा मुम्बई पहिलो, दिल्ली दोश्रो र बेंगलोर तेश्रो स्थानमा रहेका छन् । त्यस्तै चेन्नाई सुपर किंग्सको पनि छ अंक नै भए पनि राजस्थान रन रेटका आधारमा सातौं स्थानमा रहन गरेको हो ।

पहिलो लेगमा दिल्लीले राजस्थान माथि ४६ रनको फराकिलो जित दर्ता गराएको थियो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १८४ रन बनायो । जवाफी ब्याटिङ गरेको राजस्थानले १९ दशमलब चार ओभरमा आफ्ना पुरै गुमाएर मात्र १३८ रन बनाउन सक्यो ।

दिल्लीको जितमा ब्याटिङ तर्फ शिम्रोन हेटमायरले ४५ र मार्कस स्टोइनिशले ३९ रन बनाए भने बलिङ तर्फ कागिसो रबाडाले तीन तथा रविचन्द्रन अश्विन र मार्कस स्टोइनिशले समान २-२ विकेट हात पारेका थिए ।

Click to comment

Trending