Headline

रोनाल्डोलाई उछिन्दै नेमार बने ब्राजिलका दोस्रो उच्च गोलकर्ता

Published

on

दक्षिण अमेरिकामा भैरहेको विश्वकप २०२२ छनोटमा पेरु विरुद्ध ह्याट्रिक गरे पछि नेमारले रोनाल्डोलाई उछिन्दै ब्राजिलका लागि सार्वधिक गोल गर्ने खेलाडीको सुचीमा दोस्रो स्थानमा उक्लिएका छन् ।

दुई पेनाल्टी र इन्जुरी समयमा एक गोल गर्दै ह्याट्रिक पुरा गरेका पेरिस सेन्ट जार्माइनका स्टार खेलाडी नेमारले ब्राजिललाई ४-२ को जित दिलाएका थिए ।

नेमारले ब्राजिलका लागि १०३ खेल खेल्दै ६४ गोल गरेका छन् । २८ वर्षिय नेमारले पेरु विरुद्ध भएको खेलमा ह्याट्रिक गरे पछि माथि उक्लिएका हुन् ।

रोनाल्डोले १७ वर्षिय लामो करियरमा ब्राजिलका लागि ९८ खेल खेल्दै ६२ गोल गरेका थिए । रोनाल्डोले ब्राजिललाई विश्वकप, कोपा अमेरिका देखी कन्फिडेरेसन कप सम्म जिताएका थिए । उनलाई ब्राजिलमा लेजेण्डको रुपमा हेरिन्छ ।

सर्वधिक गोलकर्ताको शिर्ष स्थानमा भने पेले रहेका छन् । उनले ब्राजिलका लागि ७७ गोल गरेका थिए ।

नेमारलाई ब्राजिलमा एक सुपरस्टारको नजरले हेर्ने गरिन्छ भने आउने विश्वकपमा उनले ब्राजिललाई छैठौ विश्वकप दिलाउने ब्राजिलियनहरुले आशा गरेका छन् ।

Click to comment

Trending