Headline

नेसन्स लिग: पोर्चुगल र स्वीडेन भिड्दै,इटालीलाई नेडर्ल्याण्ड्सको चुनौती

Published

on

युइएफए नेसन्स लिग अन्तर्गत बुधबार राती हुने खेलमा पोर्चुगल र स्वीडेन भिड्दै छन् ।

पहिलो संस्करणको विजेता पोर्चुगलले ७ अंकका साथ लिग ए समुह तीनमा शिर्ष स्थानमा रहेको छ भने बराबर अंक भए पनि फ्रान्स गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ ।

सन् २०१३ यता भएका चार खेलमा पोर्चुगल तीन वटामा विजयी भएको छ भने स्वीडेनले एक खेल मात्र जितेको छ । यी दुई टोली बिचको अन्तिम खेलमा स्वीडेन पोर्चुगलले २-० ले हराएको थियो ।

समुहको पहिलो चरणको खेलमा पोर्चुगलका लागि रोनाल्डोले दुवै गोल गर्दै एक सय अन्तराष्ट्रिय गोल गर्ने पहिलो युरोपियन खेलाडी बनेका थिए  तर रोनाल्डोले यो खेल कोरोना भाईरस संक्रमणका कारण गुमाउने छन् ।

यस्तै समुहको आर्को खेलमा फ्रान्सले क्रोएसियाको सामना गर्नेछ । फ्रान्सका लागि समुहको शिर्ष स्थानमा उक्लिनका लागि यो खेल ठुलो गोलअन्तरले जित्नु पर्ने दवाव हुने छ ।

यस्तै अर्को ठुलो खेलमा इटालीले नेदर्ल्याण्ड्सको समाना गर्दै छ ।

समुहको पहिलो चरणको खेलमा निकोलस बारेलाको गोलले १-० ले बिजयी भएको इटाली लिग ए समुह एकमा शिर्ष स्थानमा रहेको छ ।

गएको खेलमा पोल्याण्डसँग बराबरीमा रोकिएको इटालीले यो खेल जितेको खण्डमा आफ्नो समुहमा स्पष्ट तीन अंकको अग्रता लिने अवसर हुने छ।

यस्तै अन्य खेलमा बेल्जियमले आइसल्यान्डको,सामना गर्दा डेनमार्कले इङ्ल्याडसँग खेल्ने छ ।

सबै खेल नेपाली समय अनुसार राती १२:३० बजे सुरु हुनेछन् ।

Click to comment

Trending