Headline

नेसन्स लिग: स्पेन युक्रेनसँग पराजित, जर्मनी बराबरीमा

Published

on

नेसन्स लिग अन्तर्गतको दोस्रो चरणको खेलमा स्पेन युक्रेनसँग १-० ले पराजित भएको छ ।

युक्रेनको किएभमा १७ हजार दर्शक अगाडि भएको खेलमा युक्रेनले स्पेनलाई हराएको थियो । गएको सता फ्रान्ससँग ७-१ गोलले पराजित भएको युक्रेनले उत्कृष्ट पुनारागमन गरेको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा निर्णायक गोल दोस्रो हाफमा भएको थियो ।

७६ औँ मिनेटमा भिक्टोर साहन्कोभले युक्रेनका लागि बराबरी गोल गरेका थिए ।

यस्तै अर्को खेलमा भने स्विजरल्याण्डले जर्मनीलाई ३-३ गोलको बराबरीमा रोकेको छ ।

खेलमा पहिलो गोल स्विजरल्याण्डका लागि मरियो गाब्रनोभिकले दुई गोल गरेका थिए भने एक गोल रेमो फेउलरले गरेका थिए । यता जर्मनीका लागि भने टिमो वर्नर, काइ ह्वाभर्ट्ज र सर्जी नाब्रीले एक-एक गोल गरेका थिए ।

खेलमा पहिलो गोल पाँचौ मिनेटमा गाब्रनोभिकले गरेका थिए । २६ औँ मिनेटमा फेरी स्विजरल्याण्डले अर्को गोल थपेको थियो । यो पटक भने फेउलरले खेललाई २-० को स्थितीमा पुर्याएका थिए । २८ औँ मिनेटमा भने जर्मनीले एक गोल फर्काएको थियो । टिमो वर्नरले गोल गर्दै जर्मनीलाई केही रहत दिएका थिए ।

पहिलो हाफमा २-१ ले पछि परेको जर्मनीले दोस्रो हाफको ५५ औँ मिनेटमा एक गोल गरेको थियो । काइ ह्वाभर्ट्जको उत्कृष्ट गोलमा जर्मनीले खेल बराबर गरेको थियो । तर एक मिनेट पनि बित्न नपाउदै स्विजरल्यान्डका लागि गब्रनोभिकले अर्को गोल थप्दै खेल ३-२ को स्थितीमा पुर्याएका थिए ।

तर ६० औँ मिनेटमा एक गोल थप्दै नाब्रीले जर्मनीलाई हारबाट जोगाएका थिए ।

Click to comment

Trending