Headline

बिश्वकप छनोटः अर्जेन्टिनाको लगातार दोश्रो जित, उरुग्वेलाई इक्वेडरले चार गोल ठोक्यो

Published

on

अर्जेन्टिनाले २०२२ कतार बिश्वकप दक्षिण अमेरिकी छनोटमा लगातार दोश्रो जित हात पारेको छ ।

अवे खेलमा अर्जेन्टिनाले बोलिभियालाई २–१ पराजित गर्यो । यसअघि अर्जेन्टिनाले इक्वेडरलाई २–० ले पराजित गरेको थियो । इक्वेडरले मङ्गलवार नै भएको अर्को खेलमा उरुग्वेलाई ४–२ ले स्तब्ध पार्यो ।

बोलिभियाले २४ मिनेटमा नै मार्सेलो मोरेनोको गोलमार्फत खेलमा अग्रता लिएको थियो । तर दोश्रो हाफ सकिनुअघि लौटारो मार्टिनेजले अर्जेन्टिनाको लागि बराबरीको गोल गरेका थिए । ७९ औं मिनेटमा मार्टिनेजकै असिस्टमा योआकिन कोरिआले गोल गर्दै अर्जेन्टिनाको लागि महत्वपूर्ण तीन अंक सुनिश्चित गरेका थिए ।

इक्वेडरको जितमा माइकल इस्ट्राडाले दुई गोल गरेका थिए भने मोइसेस साल्सेडो र गोञ्जालो प्लाटाले पनि एक–एक गोल गरेका थिए । ७५ मिनेटमा नै ४ गोलले पछि परेपछि उरुग्वेको आशा लगभाग समाप्त भइसकेको थियो ।

खेलको अन्त्यतिर लुईस सुवारेजले उरुग्वेका लागि दुवै गोल पेनाल्टीमार्फत गरेका थिए । यस्तै पराग्वेले भेनेजुएलालाई १–० ले हरायो ।

Click to comment

Trending