Headline

क्रिष्चियानो रोनाल्डोलाई कोरोना पोजेटिभ

Published

on

पोर्चुगल फुटबल संघले सुपरस्टार  फुटबलर  क्रिष्चियानो रोनाल्डोलाई कोरोना भाईरस संक्रमण भएको बताएको छ ।

३५ बर्षिय रोनाल्डोले प्रशिक्षण स्थल छोड्दै आइसोलेसनमा गएको पनि पोर्चुगल फुटबलको प्रमुख निकायले बताएको छ ।

पोर्चुगलले भोली हुने नेसन्स लिग अन्तर्गतको समुह चरणको खेलमा स्वीडेनको समाना गर्ने तालिका रहेको थियो ।

फ्रान्स विरुद्धको खेल सकिए पछि भएको कोरोना भाईरसको प्रशिक्षणको नतिजामा उनको पारीणाम पोजेटिभ आएको हो ।

उनलाई हाल कुनै पनि लक्षण नदेखिएको र उनको अवस्था समान्य रहेको एएफपीले लेखेको छ ।

Click to comment

Trending