Headline

‘रोनाल्डोलाई कसरी रोक्ने हो,मलाई थाहा छैन’

Published

on

नेसन्स लिग अन्तर्गत पोर्चुगल र स्वीडेन बीचको खेल नजिकिदै गर्दा युभेन्टसका आफ्ना साथी खेलाडी क्रिष्चियानो रोनाल्डोलाई धेरै खेलाडीहरुले रोक्न गार्हो रहेको स्वीडिस मिड्फिल्डर डेजान कुलुसेभ्सकीले बताएका छन् ।

पोर्चुगलले नेसन्स लिगमा एउटै समुहमा रहेको स्वीडेनसँग वुधबार राती समाना गर्दै छ ।  रोनाल्डोले भने कोरोना भाईरस संक्रमणका कारण उक्त खेल गुमाउने छन् ।

समुहको पहिलो खेलमा  पाँच पटकका बालोन डि’ओर बिजेता रोनाल्डोले स्वीडेन विरुद्ध दुई गोल गरेका थिए ।

इटालियन महारथी युभेन्टसमा रोनाल्डोसँगै खेल्ने स्वीडिस स्टार कुलुसेभ्सकीलाई आउने खेलमा भने रोनाल्डोलाई रोक्नु पर्ने छैन । रोनाल्डो कोरोना भाईरस संक्रमणका कारण आइसोलेसनमा रहेका छन् ।

“यदी त्यो दिन रोनाल्डोको छ भने उनलाई सायद कसैले रोक्न सक्दैन,” कुलुसेभ्सकीले भने ।

“हामीले अघिल्लो खेलमा उनलाई रोक्न सकेका थिएनौँ तर हामीसँग उनलाई रोक्ने अर्को मौका छ,”

“रोनाल्डोलाई कसरी रोक्ने हो, मलाई थाहा छैन तर यती थाहा छ कि उनलाई रोक्न खेलाडी आक्रमक हुँदै उनलाई निराश पार्न सक्नु पर्छ,” कुलुसेभ्सकीले भने ।

कुलुसेभ्सकी यसै सिजन अर्को इटालियन क्लब पर्माबाट युभेन्टस आएका हुन् । युभेन्टसले ३५ मिलियन युरोमा उनलाई क्लब भित्र्याएको थियो ।

पोर्चुगल,स्वीडेन,फ्रान्स र क्रोएसिया भएको लिग ए समुह तीनमा ७ अंकका साथ पोर्चुगल समुहको शिर्ष स्थानमा रहेको छ ।

 

Click to comment

Trending