Headline

‘हालांड मेस्सी र रोनाल्डोको स्तरमा पुग्न सक्छन्’

Published

on

म्यानचेस्टर युनाइटेड र इङल्यान्डका पुर्व मिड्फिल्डर पल स्कोल्सले बोरुसिया डर्ट्मण्डका फर्वार्ड एर्लिङ हालांडसँग लियोनल मेस्सी र क्रिष्चियानो रोनाल्डोको स्तरमा पुग्न सक्ने क्षमता भएको बताएका छन् ।

अष्ट्रियन क्लब रेड बुल साल्जबर्गबाट जनवरीमा जर्मन बुन्डेसलिगामा पुगेका २० वर्षिय हालांडले १४ लिग खेलमा १७ गोल गरिसकेका छन् ।

उनले गएको सता भएको नेसन्स लिग अन्तर्गतको खेलमा रोमानिया विरुद्ध खेल्दै नर्वेका लागि पहिलो ह्याट्रिक गरेका थिए ।

गएको जनवरी विन्डोमा म्यानचेस्टर युनाइटेड जाने हल्ला चले पनि उनी जर्मन क्लब बोरुसिया डर्टमण्ड पुगेका थिए तर युनाइटेडका लेजेण्ड स्कोल्सले भने त्यो समयमा क्लबले अर्का खेलाडी जेडेन सन्चोलाई आफ्नो मुख्य लक्ष्य राख्नु भन्दा हालांडलाई भित्र्याउनु पर्ने बताएका छन् ।

“मलाई लाग्छ हालांड उत्कृष्ट खेलाडी हुन्,” स्कोल्सले भने ।

“उनी मेस्सी र रोनाल्डो जस्ता विश्वस्तरिय खेलाडीको स्तरमा पुग्न सक्ने खेलाडी हुन् । त्यो समयमा युनाइटेडले सान्चोलाई भन्दा हालांडलाई प्राथमिकता दिनु पर्ने थियो,”

“एक सय मिलियन मिलियन नै खर्च गर्ने सोच थियो भने मलाई लाग्छ सान्चो युनाइटेडका लागि सही खेलाडी थिएनन् बरु युनाइटेडले हालांडलाई क्लब भित्र्याउन पहल गर्नु पर्ने थियो,” स्कोल्सले भने ।

हालांडले नर्वेका लागि ६ खेल खेल्दै ६ गोल र एक असिस्ट पनि दिसकेका छन् । अर्को बर्ष हुने युरो कप नर्वेले गुमाए पनि हालांडको भने प्रशंशा गर्ने खेलाडीहरु धेरै रहेका छन् ।

 

 

Click to comment

Trending